आजको पञ्चाङ्ग – वि.सं. २०८२ असार १८ गते, बुधबार
ई.सं.: 2025 July 2 (Wednesday)
सूर्योदय: बिहान ५:१३ बजे
सूर्यास्त: बेलुका ७:०२ बजे
तिथि: सप्तमी १३:२९ सम्म, त्यसपछि अष्टमी
पक्ष: शुक्लपक्ष (आषाढ)
नक्षत्र: उत्तरफाल्गुनी १३:१९ सम्म, त्यसपछि हस्ता
योग: वरियान् २०:२५ सम्म, त्यसपछि परिघ
करण: वणिज १३:२९ सम्म, त्यसपछि विष्टि
चन्द्र राशि: कन्या
ऋतु: ग्रीष्म
अयन: उत्तरायण
🔮 आजको राशिफल
♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
न्यायसंगत लगानीबाट लाभ मिल्नेछ। पारिवारिक मतभेदबाट सावधान रहनुहोस्। वरिष्ठको सल्लाहले काममा सहयोग पुग्नेछ।
♉ वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शैक्षिक वा बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ। प्रतिस्पर्धाबाट आत्मबल बढ्नेछ।
♊ मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नयाँ योजना सुरू गर्न अनुकूल समय छ। पुराना कामहरू सकिँदै जानेछन्। मानसिक उत्साहमा वृद्धि हुनेछ।
♋ कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आम्दानीमा बृद्धि हुनेछ। विदेशप्रति आकर्षण बढ्न सक्छ। आलोचनाको बाबजुद सफलता मिल्नेछ।
♌ सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
निर्यणमा ढिलाइले समस्या आउन सक्छ। आर्थिक जोखिम सोचेर उठाउनु उपयुक्त हुन्छ। मित्रसँगको सम्बन्ध कमजोर हुन सक्नेछ।
♍ कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ आय स्रोत सृजना हुनेछ। व्यापारमा प्रगति हुनेछ। जिम्मेवारीबाट प्रतिष्ठा बढ्नेछ।
♎ तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
लाभ नहुने काममा समय जान सक्छ। अध्ययनमा ध्यान दिन कठिन होला। सामाजिक सम्बन्ध विस्तार हुन सक्छ।
♏ वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
रोकिएको काम अघि बढ्नेछ। नयाँ जिम्मेवारी पाउने समय छ। दीर्घकालीन सोचले सफलता दिलाउनेछ।
♐ धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
श्रमको उचित मूल्य पाउनु हुनेछ। आकस्मिक अवसरले लाभ मिल्नेछ। पारिवारिक माहोल सहयोगी रहनेछ।
♑ मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ ज्ञान आर्जनको समय हो। अध्ययन र यात्रामा सफलता मिल्नेछ। शिक्षा र स्वास्थ्यमा गरिएको खर्च लाभदायक हुनेछ।
♒ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मानसिक तनाव बढ्न सक्छ। दायित्वले दबाब बढाउनेछ। प्रतिस्पर्धाबाट अवसर सुरक्षित गर्न सकिनेछ।
♓ मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामाजिक मान–प्रतिष्ठा बढ्नेछ। सेवामूलक काममा रुचि जाग्नेछ। खर्च भए पनि पारिवारिक सहयोग रहन सक्छ।