यस्तो रहनेछ आजको मौसम

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको  छ।

मौसम पूर्वानुमान महाशाखाले जनाए  अनुसार  देशभर आंशिकदेखि साधारणतया बदली रहने  छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएकाे छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमाल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *