वि.सं. : २०८२ असार १४ गते, शनिबार
इ.सं. : 28th June 2025, Saturday
सूर्योदय : बिहान ५:१२ बजे
सूर्यास्त : साँझ ७:०२ बजे
तिथि : तृतीया १२:२४ बजे सम्म, त्यसपछि चतुर्थी
पक्ष : शुक्लपक्ष
नक्षत्र : तिष्य बिहान ९:३३ बजे सम्म, त्यसपछि अश्लेषा
योग : हर्षण राति १०:४९ बजे सम्म, त्यसपछि वज्र
करण : गर १२:२४ सम्म, त्यसपछि वणिज
चन्द्र राशि : कर्कट
ऋतु : ग्रीष्म
अयन : उत्तरायण
🔮 राशिफल (शनिबार, असार १४)
मेष
विदेशसम्बन्धी कार्यमा सफलता मिल्ने सम्भावना छ। आय आर्जनमा सुधार आउने देखिन्छ।
वृष
वाणीमा संयमता आवश्यक छ। व्यापारमा प्रगति हुनेछ तर शत्रुहरूको चलखेल बढ्न सक्छ।
मिथुन
शैक्षिक क्षेत्रमा राम्रो प्रगति हुनेछ। प्रभावशाली बन्ने अवसर मिल्नेछ। प्रतिस्पर्धीहरू कमजोर बन्न सक्छन्।
कर्कट
धार्मिक कार्यमा रुचि बढ्नेछ। स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ। सुरु गरेका काममा सफलता मिल्नेछ।
सिंह
विदेशी काममा लाभ हुने सम्भावना छ। पढाइमा अल्छी बढ्न सक्छ। आम्दानी र सामाजिक सम्मानमा वृद्धि हुने दिन।
कन्या
पठनपाठनमा रुचि बढ्नेछ। आत्मबल बलियो हुनेछ। प्रेमसम्बन्धमा सफलता पाउने सम्भावना छ।
तुला
शिक्षा र राजनीतिमा सफलता मिल्नेछ। पारिवारिक मामिलामा केही तनाव आउन सक्छ। धार्मिक गतिविधिमा मन जानेछ।
वृश्चिक
वाणीको प्रयोगले सम्बन्धमा दरार आउन सक्छ। घरायसी वातावरण केही चपल हुने देखिन्छ।
धनु
आर्थिक लाभ मिल्नेछ। व्यापारमा उल्लेखनीय सफलता मिल्नेछ। प्रेममा धोका पाइने सम्भावना रहेकाले सतर्क रहनु उपयुक्त हुन्छ।
मकर
वाणीको माध्यमबाट लाभ मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। परिवारिक सुख मिल्नेछ।
कुम्भ
शैक्षिक क्षेत्रमा सकारात्मक परिणाम देखिनेछ। बोलीमा मिठास आउँछ। स्वास्थ्यमा सानो समस्या देखिन सक्छ।
मीन
आजको दिन प्रशंसा प्राप्त गर्ने दिन हो। विदेशसम्बन्धी प्रयासमा सफलता मिल्नेछ। प्रेममा उतारचढावको सम्भावना छ।