हनिमुनको भयावह अन्त्य: प्रेमीसँग मिलेर श्रीमानको हत्या, नेपाल भाग्ने क्रममा चार पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

भारत मध्य प्रदेश, इन्दोरका राजा रघुवंशीको हत्या प्रकरणमा नयाँ ट्विस्ट आएको छ।सोनम रघुवंशी र उनको बुबाको कम्पनीमा काम गर्ने राज कुशवाहा यो घटनामा जोडिएका छन्। सोनम रघुवंशी र राज कुशवाहाबिच प्रेम सम्बन्ध रहेको पाइएको छ।

उनीहरूले नै मिलेर सोनमका पति राजा रघुवंशीको हत्या गर्ने योजना बनाएको  सोमबार प्रहरीले यसबारे जानकारी गराउँदै सोनमसहित चार जनालाई पक्राउ गरेको जानकारी दिएको छ भने घटनाको  अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

सोनम र राज कुशवाहा उनको बुबाको अभ्रक कम्पनीमा काम गर्थे। सोनम मानव संसाधन (एचआर) प्रमुख थिइन् भने राज प्रबन्धक थिए। यहीँ उनीहरूको प्रेम सम्बन्ध सुरु भयो। पछि राजले नै सोनमसहित आफ्ना साथीहरूसँग मिलेर राजाको हत्या मेघालयको शिलोङमा गरेको प्रहरीको दाबी छ।

सोनम र राजा विवाहपछि हनिमुनमा शिलोङ गएका थिए। त्यहाँबाट राजा एकाएक बेपत्ता भए। अनुसन्धानपछि उनको हत्या भएको खुल्यो। प्रहरी अनुसन्धानले सोनम र राजको प्रेम सम्बन्ध र हत्याको योजनाबारे नयाँ खुलासा गरेको हो। सोनमको प्लाइउड व्यवसाय पनि छ, जहाँ राज बिलिङको काम गर्थे। राजासँग सोनमको विवाह मे ११ मा भएको थियो।

राजले साथीहरू विशाल सिंह, आनन्द कुर्मी र आकाश राजपूतलाई यो काममा लगाए। उनीहरूले गुवाहाटी गएर बाइक भाडामा लिए। सोनमले राजालाई डबल डेकर क्षेत्रमा पुर्‍याइन्, जहाँ उनको हत्या भयो। हत्यापछि सोनम नेपाल भाग्ने योजनामा थिइन्। नबभारत टाइम्सका अनुसार उनी वाराणसीबाट गोरखपुर जाने बसमा रहेको  प्रहरीले उनलाई पक्राउ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *