प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव मेन्टल हस्पिटल जानुहोस

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक स्वास्थ्य परीक्षणका लागि अस्पताल जान सुझाव दिएका छन् ।

हिजो  पोखरामा  आयोजित प्रेस सेन्टर गण्डकी प्रदेशको पत्रकार भेटघाटमा बोल्दै प्रचण्डले यस्तो सुझाव दिएका हुन् ।

उनले प्रधानमन्त्री ओलीले युवा संघको महाधिवेशनमा माओवादी आन्दोलन र आफूमाथि गरेको टिप्पणीको प्रतिवाद गर्दै कडा जवाफ दिए ।

‘म सुन्दैछु, प्रधानमन्त्रीज्यूले भन्नुभएको रहेछ— प्रचण्डको अभियान राजावादीसँग मिल्दो छ। यदि उहाँले साँच्चै त्यसो भन्नुभएको हो भने, म उहाँलाई एक पटक मेन्टल हस्पिटल गएर जाँच गराउन सुझाव दिन चाहन्छु,’ प्रचण्डले भने।

उनले राजावादी शक्तिहरू सक्रिय हुँदै गर्दा सरकार मूकदर्शक बनेको  अभियोग समेत  लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *