जितपुरमा चलचित्र पर्यटन महोत्सव हुने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

इलामको देउमाई नगरपालिकामा  ‘पर्यटन प्रवर्धनका लागि सिनेमा’ नारासाथ   देउमाई चलचित्र पर्यटन महोत्सव आयोजना गरिने भएको छ ।  महोत्सव  यहि वैशाख २९, ३० र ३१ गते आयोजना गरिन लागिएको हो ।

आयोजक नेपाल चलचित्रकर्मी संघ अध्यक्ष केवल तामाङले कोशी प्रदेश सरकारले भर्खरै कोशी पर्यटन वर्ष अवसरमा महोस्तव आयोजना गरिएको बताए ।

वैशाख १ देनि ४ सम्म देउमाईकै पानीटारमा देउमाई कृषि तथा पर्यटन महोत्सव सम्पन्न भएको थियो । चियाबारीको हरियालीले सुसज्जित इलाममा चलचित्र छायांकनसमेत भइरहने गरेका छन् । अहिले देउमाईकै पानीटार क्षेत्रलाई निर्माता, निर्देशकले रोज्न थालेका छन् । २ वर्षअघिमात्र ‘कृष्णलीला’ र ‘म यस्तो गीत गाउँछु २’ पानीटारमै छायांकन भएका थिए ।

२९–३१ मा आयोजना हुने चलचित्र महोत्सवमा चलचित्र प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, सम्मान कार्यक्रम, चलचित्र र पर्यटनसम्बन्धी अन्तक्र्रिया, सिनेमासम्बन्धी फोटो प्रर्दशनी, स्थानीय उत्पादनका स्टल प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

गायिका प्रीति आले आउँदै

महोत्सवअन्तर्गत सांस्कृतिक कार्यक्रममा चर्चित गायिका प्रीति आलेको प्रस्तुति रहने भएको छ । कार्यक्रममा अभिनेता सुवास मेचेको समेत प्रस्तुति देख्न सकिने आयोजकले जनाएको छ भने अन्य कलाकारहरू सविता रेग्मी, नवीन सुवेदी र बालकलाकार द्वितिका प्रधानको समेत प्रस्तुति रहने भएको छ ।

सिनेमामार्फत् इलामको पर्यटन प्रवर्धन गर्ने प्रमुख उद्देश्य राखिएको यो महोत्सवलाई स्थानीय जितपुरे बजार व्यवस्थापन समिति र जितपुरे युवा क्लवको  सहआयोजनामा सम्पन्न गरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *