आजको पञ्चाङ्ग
वि. सं.: २०८२ वैशाख २५ गते, बिहिबार
इ.सं.: 8th May 2025 (Thursday)
सूर्योदय: बिहान ०५:२१ बजे
सूर्यास्त: बेलुका १८:४१ बजे
तिथि: एकादशी (१४:११ सम्म), तत्पश्चात् द्वादशी
पक्ष: वैशाख शुक्लपक्ष
नक्षत्र: उत्तरफाल्गुनी (२२:४० सम्म), तत्पश्चात् हस्ता
योग: हर्षण (२७:३१ सम्म), तत्पश्चात् वज्र
करण: विष्टि (१४:११ सम्म), तत्पश्चात् बव
चन्द्रराशि: कन्या
ऋतु: वसन्त
अयन: उत्तरायण
आजको राशिफल
मेष
चन्द्रमा छैटौँ स्थानमा रहेकाले पहिले गरिएको कामको राम्रो फल मिल्नेछ। व्यवसायमा वृद्धि हुनेछ र नयाँ लगानीको वातावरण बन्नेछ। परिवारसँग रमाइलो समय बित्नेछ। विद्यार्थीलाई पढाइमा सफलता मिल्नेछ। यात्रा फलदायी हुनेछ।
बृष
अप्ठ्यारा परिस्थितिमा पनि जुझारुपूर्वक काम गर्न सकिनेछ। गुरुजन र मित्रहरूको सहयोगले लक्ष्य प्राप्ति हुनेछ। उद्योग व्यापारबाट फाइदा हुनेछ। पुराना समस्या समाधान हुनेछन्।
मिथुन
पढाइमा रुचि कम हुन सक्छ। व्यवसायमा प्रतिस्पर्धी सक्रिय रहनाले केही समस्या आउन सक्छ। स्वास्थ्यमा चिसोले असर पुग्न सक्छ। परिवारमा सानातिना विवाद हुन सक्छ। मेहनत गरेमा सफलता मिल्नेछ।
कर्कट
इच्छाशक्ति बढ्नेछ र काम छोटो समयमा पूरा हुनेछ। परिवारसँग आत्मीयता बढ्नेछ। प्रतिष्ठा र मान–सम्मान प्राप्त हुनेछ। पढाइमा सफलता मिल्नेछ।
सिंह
काममा होस नपुग्दा रोकावट आउन सक्छ। अवसर खोज्न धेरै दौडधुप गर्नुपर्नेछ। आर्थिक खर्च बढ्ने सम्भावना छ। मित्रसँग असमझदारी हुन सक्छ। शेयर बजारबाट सामान्य लाभ हुनेछ।
कन्या
चन्द्रमा राशिमा नै रहेकाले मिष्ठान्न भोजन र भेटघाट हुनेछ। रोकिएको काम बन्नेछ र आम्दानी बढ्नेछ। व्यावसायिक फड्को मार्न सकिनेछ। नयाँ जिम्मेवारी पाइनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ।
तुला
स्वास्थ्य कमजोर हुन सक्छ र खर्च बढ्न सक्नेछ। कर्मचारी वा शासकबाट धोका हुनसक्छ। आर्थिक लाभ नहुने कामको जिम्मेवारी लिनुपर्नेछ। सामाजिक क्षेत्रमा नेतृत्व गर्ने अवसर मिल्नेछ।
वृश्चिक
रोकिएका काम पूरा हुनेछन्। साथी र सहयोगीको मद्दतले बिग्रिएको काम बन्न सक्छ। नयाँ काम र जिम्मेवारी पाइनेछ। प्रसिद्धि र प्रशंसा मिल्नेछ। दीर्घकालीन फाइदाका लागि मेहनत गर्ने समय छ।
धनु
व्यापार र कामधन्दाबाट फाइदा हुनेछ। मेहनत र लगानीको उचित मूल्य प्राप्त हुनेछ। अप्रत्याशित उपलब्धि मिल्नेछ। जान्नेबुझ्नेको सल्लाह लिएर नयाँ काम गर्न राम्रो हुनेछ। सहयोग पाइनेछ।
मकर
नयाँ ज्ञान सिक्ने मौका छ। पढाइमा प्रगति हुनेछ। दाम्पत्य सुख र आम्दानी बढ्नेछ। नयाँ सवारी साधन प्राप्त हुने सम्भावना छ। मित्रता र प्रेम सम्बन्ध मजबुत हुनेछ।
कुम्भ
स्वास्थ्यमा पेटसम्बन्धी समस्या आउन सक्छ। विवादमा नपर्ने सावधानी अपनाउनुपर्छ। खर्च बढ्न सक्छ। सामान्य फाइदा हुनेछ। अधिकारका लागि संघर्ष हुन सक्छ। प्रेम जीवनमा असमझदारी हुन सक्छ।
मीन
जीवनसाथी र साझेदारबाट सहयोग प्राप्त हुनेछ। व्यावसायिक यात्रा सम्भावित छ। मनग्ये आम्दानी हुनेछ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। पढाइ राम्रो हुनेछ।