लिलाबहादुर लिम्बू
फुएतप्पा । इलामको फाकफोकथुम गाउँपालिका–४ फुएतप्पा आङ्चेरङ्गमा हाल बन्द दशमी हाट बजार २० बर्षपछि पुन शुरु भएको छ । तत्कालिन शाही सेना र माओवादी सशस्त्र युद्धका बिच दोहोरो भिडन्तका कारण पाक्षिक रुपमा लाग्दै आएको हाट बजार २०६१/०६२ बाट बन्द हुन पुगेको थियो ।
मेला संचालन ल्याउन फुएतपा, आमचोक,कोलबोटे, एकतप्पा र लुम्देका स्थानिय , बुद्धिजीवी तथा समाजसेवीहरूको सकृयतामा दल बहादुर लिम्बु (मिलन) को अध्यक्षतामा २१ सदस्यीय दशमी बजार व्यवस्थापन समिति गठन गरिएको छ । जसमा उपाध्यक्षहरू रिद्धि बहादुर लावती र लिला दाहाल सचिव दिनेश पराजुली सहसचिव मित्र परियार, कोषाध्यक्ष मनु रम्तेल रहेका छन् ।
सदस्यहरू कलेन्द्र नेम्वाङ, तेज बहादुर फियाक, नन्द लाल फियाक, पञ्च बहादुर योङ्हाङ, जित बहादुर योङ्हाङ, जगत बहादुर लिम्बु, अम्बर बहादुर थेगिम, शुख बहादुर योकादेन, टेक नरसिंह लिम्बु संगित पराजुली, याम गदाल रहेका छन् । त्यसैगरी सुरेन्द्र लिम्बु शुक्रराज आङ्देम्बे सेर बाहादुर योङ्हाङ र बिर्ख राना सदस्य रहेको बजार व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर लिम्बु (मिलन ) जानकारी दिए ।