केदार घिमिरे (माग्ने बुढा) को मुख्य भूमिका रहेको चलचित्र ‘माग्ने राजा’को छायांकन सम्पन्न भएको छ । चलचित्र निर्देशक ऋषि लामिछानेको निर्देशन रहेको चलचित्रको छायांकन ४३ दिनमा अर्थात निर्धारित समयभन्दा दुइ दिन अगाडि छायांकन सकिएको हो । मुनाल घिमिरे निर्माता रहेको चलचित्रलाई नरेन्द्र मैनालीले छायांकन गरेका छन् । यस चलचित्रमा केदार घिमिरेसँगै आर्यन सिग्देल, विल्सनविक्रम राई, वर्षा सिवाकोटी, शिशिर वांगदेललगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।
निर्माण टिमले जनाए अनुसार चलचित्र तिजको अवसरमा प्रदर्शनमा आउने छ । चलचित्रमा सामिप्यराज तिमलसेनाको कथा लेखन रहेको छ ।