पूर्णतः असफल सरकारलाई सत्तामा रहने नैतिक अधिकार नरहेको माओवादीको दावी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेकपा माओवादी केन्द्रले अहिलेको सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार नरहेको बताएको  छ ।

समसामयिक विषयवस्तुबारे पार्टीको धारणा सार्वजनिक गर्नका लागि  पार्टिले  आयोजना गरेको पत्रकार    सम्मेलन मार्फत माओवादी केन्द्रले यस्तो बताएको हो ।  ‘वर्तमान सरकार प्राविधिक रुपमा त आफ्नो अस्तित्वमा छ । वैधानिक रुपमा आफ्नो वैधानिकता गुमाइसकेको छ । यस अर्थमा आफ्नो औचित्य स्थापित गर्न पूर्णतः असफल भएको यो सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन ।’माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भनेका छन, ।

साथै, सत्ता गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकता विपरित बनेको आरोप लगाउँदै माओवादी केन्द्रले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न नसकेको टिप्पणी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *