नेकपा महासचिव विप्लवले अर्घाखाँचीमा अकबरे खुर्सानी रोपे, आत्मनिर्भरताको बलियो संदेश

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 रुपन्देही नेकपा का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले  शीतगंगा नगरपालिका–११ मान्द्रेस्थित कृषि जनकम्युनमा अकबरे खुर्सानी रोपेका छन् । उनको नेतृत्वमा पार्टीका निजी सचिव अडिग बोगटी लगायत १५ जनाले सामूहिक रूपमा यो अभियान सञ्चालन गरेका छन् ।

यसअघि कपिलवस्तुमा धान रोप्ने, जुम्लामा स्याउका बिरुवा रोप्ने र कालीकोटमा भेडा फर्म उद्घाटन गर्ने विप्लवले हालै पूर्वी नेपालको सांगठनिक भ्रमण र काठमाडौंका कार्यक्रमहरू पूरा गरेपछि उत्पादन अभियानमा सक्रिय भएका छन् । उनले यसरी कृषि तथा पशुपालनलाई प्रवर्धन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा पार्टीले दिएको जोडलाई उजागर गरे ।

“आत्मनिर्भरताको लागि सामूहिक उत्पादन अनिवार्य छ, यहीबाट देश समृद्ध हुनेछ, विप्लवले जनाए । पार्टी सम्बद्ध पत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले यो अभियानलाई देशव्यापी उत्पादन रोजगारीको रूपमा विस्तार गरिएको बताए ।

नेकपाले आफ्नो केन्द्रीय कार्यालय शिवगढीबाट २० किलोमिटर टाढा सञ्चालित जनकम्युनमा यो कार्यक्रम गरेको छ, जसले ग्रामीण अर्थतन्त्र सशक्तिकरणमा केन्द्रित पार्टीको नीतिलाई प्रतिबिम्बित गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *