स्थापना दिवशको अवसर पारेर नेपाल विद्यार्थी संघ इलामले सांस्कृतिक साँझ गर्ने भएको छ । नेविसंघ सांस्कृतिक साँझ आउने बैशाख छ गते आयोजना हुनेछ । उक्त कार्यक्रममा चर्चित गायिका रचना रिमालले प्रस्तुति दिने छिन भने कार्यक्रम इलाम सदरमुकाम स्थित गौतमबुद्ध सभागृह (सिटी हल) मा सञ्चालन हुने छ ।
स्थापना दिवशको अवसरमा आयोजित सांस्कृतिक साँझमै नेपाल विद्यार्थी संघ इलामका पूर्व सभापतिलाई सम्मान गर्ने कार्यक्रम रहेको नेविसंघ इलामका अध्यक्ष टीकाराम पुरीले बताए । सोही दिन नयाँ वर्षको अवसरमा प्रकाशित भित्ते पात्रो समेत बिमोचन गरिने उनले जानकारी दिए ।
नेपाल विद्यार्थी संघको स्थापना २०२७ सालमा भएको हो । केन्द्रमा स्थापना भएकै वर्ष इलाममा समेत जिल्ला कार्य समिति गठन भएको हो । नेपाल विद्यार्थी संघ इलामका संस्थापक अध्यक्ष सुधिर शिवाकोटी हुन् । उनी २०२७ सालमा नेपाल विद्यार्थी संघ इलामको अध्यक्ष भएका थिए । त्यसपछि टंक बस्नेत दोस्रो कार्यकालका लागि अध्यक्ष भए ।
तेस्रो कार्यकालका लागि केशव थापा जिल्ला सभापती भएका थिए । त्यसपछि क्रमश टंक कट्टेल, केदार थापा, राजेन्द्र शर्मा, होम दुलाल, मोति साङपाङ राई, लोकनाथ आचार्य, कृष्ण श्रेष्ठ, डम्बर खड्का, बिष्णु कार्की, खेमराज राई, डिकेन्द्र इदिंगो र हालका सभापति टीकाराम पुरी रहेका छन् । जिल्लामा नेबि संघ सधै सकृय बनाउन पूर्व सभापतिहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेकाले पूर्व सभापतिहरुलाइ सम्मान गर्न लागिएको आयोजकको भनाइ रहेको छ।