घाँटीमा मासु अड्किएर एकजनाको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

घाँटीमा मासु अड्किएर  अछाममा    एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा साँफेबगर नगरपालिका–५ नवाठानाका ४२ वर्षीय डम्मरबहादुर कुँवर रहेका छन् ।

चैते दसैंका अवसरमा गाउँमा काटेको खसीको मासु घरमा ल्याएर पकाई खाने क्रममा मासु अड्किएर बेहोस भएपछि  बयालपाटा अस्पतालमा उपचारका क्रममा आज १२ बजे     उनको    मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *