नक्कली प्रहरी बनेर धम्क्याउने युवा लागुऔषधसहित प्रहरीको फन्दामा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–१० मा पर्ने साहारा गेष्ट हाउसमा नेपाल प्रहरीको ब्यूरो इन्स्पेक्टर भएको झुटो परिचय दिँदै होटल सञ्चालकलाई धम्की दिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

गएको बुधबार साँझ करिब पाँच बजे होटलमा एक व्यक्तिले आफू प्रहरी अधिकृत भएको बताई अनुचित व्यवहार गरिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोली घटनास्थल पुगेको थियो ।

अनुसन्धानपछि ती व्यक्ति सर्लाहीको हरिवन नगरपालिका – ६ का २९ वर्षीय अनुक्रम खरेल भएको खुलेको छ । उनी नेपाल प्रहरीसँग कुनै सम्बन्ध नभएको पुष्टि भएपछि प्रहरीले शरीर खानतलासी गर्दा उनको साथबाट प्रतिबन्धित लागू औषध स्पास्मो प्रोक्सिभनका ३ पत्ता (२४ ट्याबलेट)  समेत  फेला पारेको छ। खरेललाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *