पूर्वराजा ज्ञानेन्द्रलाई प्रचण्डको प्रश्नः आफ्नै वंश मास्नेले अहिले आएर धाक लगाउन मिल्छ ?

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पुर्व प्रधानमन्त्री समेत रहेका  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले   पुर्व राजा लाइ लक्षित गर्दै   भाइमाराहरूलाई राजा बन्ने सपना नदेख्न   चुनौती दिएका छन् ।

सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले उक्त टिप्पणी गरेका हुन्। उनले आफ्नै सन्तान मार्नेहरूलाई नेपाली जनताले कहिल्यै नस्वीकार्ने बताए ।

नेपालका ठूल्ठूला मूर्ति चोरहरू अहिले राजा ?’, आक्रोशित हुँदै उनले भने, ‘भाइमारा को हो? सुन तस्कर को हो? आफ्नै वंश मास्नेले अहिले आएर धाक लगाउन मिल्छ? नेपाली जनताले बिर्सियो भन्ठानेको?’आफू पहिलोपट प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको छानबिन गर्नुपर्छ भनेको बताउँदै त्यो बेला सरकारबाट बाहिरिनु नपरेको भए भाइमारा र राजद्रोहीहरूलाई इतिहासको कठघरामा ठेगान लगाइसक्ने प्रचण्डको भनाइ थियो ।

‘दरबार हत्याकाण्ड मच्चाउने को हो? हत्याकाण्डको मास्टरमाइन्ड को हो? जनतालाई प्रष्ट थाहा छ’, उनले भने, ‘अहिले कसैले पनि राजा बन्ने दिवासपना देखेर चुरुफुरी नगरे हुन्छ।’ राजाले पहिला पनि धेरै मुर्खता गरेको र अब गर्ने मनसाय राखे नेपाली जनता चुप नलाग्ने उनको भनाइ छ। ‘अहिले राजा महाराजाहरूको बारेमा जुन नौटंकी देखाइँदैछ। २ सय ५० वर्षसम्ममा उनीहरूले देशलाई कहाँ पुर्‍याए भन्ने जनतालाई थाहा छ’, उनले भने

Leave a Reply

Your email address will not be published. Required fields are marked *