महोत्तरीजिल्लामा सशस्त्र प्रहरीका सई धर्मेन्द्र सिंहमाथि १० वर्षीया बालिकालाई जबरजस्ती करणीको अभियोग लागेको छ।
लोहारपट्टी नगरपालिका ४ स्थित सशस्त्र प्रहरी रेल्वे ट्रयाक पोस्टमा कार्यरत रहेका सई माथि बालिका बलात्कारको प्रयास गरेको अभियोग लागेको हो।सोही विषयमा स्थानीयले पोस्ट घेराउ गरेपछि सई सिंहलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।स्थानीयको विरोध कार्यक्रम राखे पश्चात त्यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।