कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका–१० मा एक किशोरको हत्या भएको छ ।
गत बुधबार राति हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरूबीच झगडा हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको हो । दुई समूहबीच झगडा हुँदा १६ वर्षीय भूपेन्द्र शाही घाइते भएका छन् ।
झगडामा भएको खुकुरी प्रहारबाट शाहीको मृत्यु भएको हो। घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ।पक्राउ परेका पाँचै जना १८ वर्षमुनिका रहेका प्रहरीको भनाइ छ।