कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा अपराह्नपछि वर्षाको सम्भावना

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज अपराह्नपछि कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायुको आंशिक प्रभाव तथा स्थानीय वायुको समिश्रणका कारण वर्षा भइरहेको हो।

मौसमविद् झाले बिहीबार कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा वर्षाको सम्भावना रहेको बताएका छन्। साथै, प्रि-मनसुनी गतिविधि सक्रिय भएकाले अबका दिनमा अपराह्नतिर वर्षा हुने र रातिको समयमा मौसम सामान्यतया सफा रहने जनाइएको छ।

बुधबार साँझ काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षा भएको थियो। कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशमा वर्षा गराउने मौसमी प्रणाली विकसित भई कोशी प्रदेश हुँदै बाहिरिएकाले आज राति भने पानी पर्ने सम्भावना नरहेको उल्लेख गरिएको छ।

विगत चार दिनदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा मौसम बदली रहेको थियो। प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडानसमेत प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बुधबार अपराह्न कम्तीमा एक दर्जन आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिकूल मौसमका कारण ‘भिजिबिलिटी’ कम हुँदा केही जहाज आकाशमै ‘होल्ड’ हुनुपरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *