सगरमाथा क्षेत्रमा रहेको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा परेको पुष्टि भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ९एन–एएमएस नम्बरको हेलिकोप्टर आज बिहान करिब पौने ८ बजे लुक्लाबाट उडेको थियो ।
हेलिकोप्टर पर्यटक उद्धारका लागि लोबुचेतर्फ गएको बताइएको छ । सो हेलिकोप्टरमा क्याप्टेन विवेक खड्का एक्लै सवार रहेका थिए । दुर्घटनापछि क्याप्टेन खड्कालाई लुक्ला ल्याइएको छ ।