पाथीभरामा एकैदिन छ हजारभन्दा बढी तीर्थयात्री

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

ताप्लेजुङ ।  ताप्लेजुङ जिल्लामा रहेको   पाथीभरा मन्दिरमा शनिबार एकैदिन छ हजार तीन सय ९३ तीर्थयात्रीले दर्शन गरेका छन् ।  पाथीभरा क्षेत्र विकास समितिले जनाए अनुसार। यो संख्या एकैदिन सबभन्दा बढी तीर्थयात्री आएको यो सिजनकै धेरै हो ।

शनिबार दिउँसो २ बजेसम्म ५ हजार ९ सय पुगेका थिए भने बेलुका ६ बजेसम्म थप ५ सय पुगेका हुन् । ३१ सय मिटर उचाइमा रहेको माथिल्लो फेदी शुक्रबार दिउँसो २ बजे नै तीर्थयात्रीले भरिएको थियो ।

समिति अध्यक्ष रक्की थेवेले काफ्लेपाटी वा सदरमुकाम फुङलिङमा बसेर शनिबार बिहान मात्रै जान सार्वजनिक सूचना जारी गरेका थिए । विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले यो सिजन सुरु भएपछि शनिबारको दर्शनार्थी संख्या अहिलेसम्मकै उच्च रहेको बताए । तर अघिल्लो वर्षको संख्यालाई ब्रेक गर्न भने नसकेको उनको भनाइ छ।

गएको वर्ष एकैदिन १५ हजारभन्दा बढी तीर्थयात्रीले दर्शन गरेको तथ्यांक समितिसँग छ । ‘असोजमा वा कात्तिकमा पनि दसैंको समयमा बढी संख्या हुने हो,’ हाङबाङले भने, ‘यस वर्ष वर्षाले मेची राजमार्ग र तमोर करिडोर बन्द हुँदा प्रभाव पर्‍यो ।’ उनले अगाडि भने ।

चिसो मौसम सुरु भएको र कार्यालय स्कुलहरु खुल्ने भएकोले यस सिजनमा एकैदिन बढी तीर्थयात्री आएको यो नै हुनसक्ने हाङबाङले बताए । समितिका सूचना अधिकृत सन्तोष पुर्कोटीका अनुसार असोज महिनाभरमा २९ हजार १ सय ७४ जना  पाथिभरा दर्शनको लागि  आएको थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *