काठमाडौंबाट हराएको गाडी पाँचथरमा दुर्घटना, एकको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पाँचथर ।  गत  असोज २४ गते    काठमाडौंबाट हराएको गाडी बुधबार साँझ पाँचथरको हिलिहाङमा दुर्घटना भएको हुदाँ

एक जनाको ज्यान   गएको   छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी (प्रहरी निरीक्षक) रुपेश तामाङले जानकारी दिए अनुसार

अनुसार बा ७ च ५४४९ नम्बरको उक्त पिकअप असोज २४ गते काठमाडौंबाट हराइरहेको थियो । सिन्धुपालचोक निवासी सुरेश श्रेष्ठको नाममा दर्ता भएको उक्त गाडी हराएसँगै सवारी धनी श्रेष्ठसमेत २५ गते कीर्तिपुरमा मृत अवस्थामा फेला परेका थिए ।

सवारी धनीको हत्या भए पनि उक्त गाडीको अत्तोपत्तो नलागेपछि प्रहरीले खोजीका लागि देशभर सर्कुलर गरेको थियो ।

यसैबिच असोज २९ गते साँझ फिदिम आइपुगेको उक्त पिकअप सडकमा सवारी जाँचमा प्रहरीलाई देखे पछी ताप्लेजुङतर्फ भागेको थियो।

भागे लगत्तै प्रहरीले केहीबेर पिछा गर्दा पनि फेला नपरेको उक्त गाडी जिल्लाको हिलिहाङ–७ आम्बेजानीमा दुर्घटनामा परेको बताइएकोे छ ।

दुर्घटना ग्रस्त गाडीमा ताप्लेजुङ फुङलिङ ९ निवासी लाक्पा नुर्वु शेर्पाको सवारी चालक अनुमति पत्र भेटिएको छ ।  घटनास्थलको मुचुल्का बनाउने क्रममा गाडीभित्र बा ७ च ५४४९ नम्बर प्लेट र गाडीको ब्लुबुक भेटिएपछि प्रहरीले अनुसन्धान गर्दा उक्त गाडी सिन्धुपाल्चोक घर भई काठमाडौंमा रहेका सुरेश श्रेष्ठको भएको खुलेको हो ।

दुर्घटना स्थलबाट उद्धार गरेको शव प्रहरीले पोष्टमार्टमका लागि पाँचथर अस्पताल ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *