ईङ्ला-जमुना गाउँको सौन्दर्यलाई समेट्दै नयाँ गीत सार्वजनिक

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 

पूर्व नेपालको मनमोहक प्राकृतिक सौन्दर्यले भरिपूर्ण सन्दकपुर-५  ईङ्ला जमुना गाउँको प्राकृतिक सुन्दरतालाई गीतमार्फत प्रस्तुत गर्ने प्रयास  गरिएको छ। गत हप्ता स्टुडियो किंग युट्युब च्यानलमार्फत सार्वजनिक भएको यस नयाँ गीतमा गायक नन्दु गुरुङ र गायिका इन्द्रकला राईको स्वर समावेश छ।

गीतका शब्द स्थानीय युवा कुमार गुरुङले रचना गरेका हुन्।कुनै समय

पत्रकारिता र सामाजिक क्षेत्रमा सक्रिय रहेका उनले हरियाली, पहाडी जीवन र नदी किनारको दृश्यलाई सांगीतिक अभिव्यक्तिमा उतार्ने प्रयास गरेका छन्। गुरुङका अनुसार, “पूर्वी नेपालको सांस्कृतिक र प्राकृतिक सम्पदा विश्वसामु चिनाउने उद्देश्यले यो गीत तयार गरिएको हो।”

यसअघि पनि उनले केही लोकधुनमा आधारित गीत सार्वजनिक गरिसकेका छन् र आगामी दिनमा अझ मौलिक रचनाहरू ल्याउने तयारीमा रहेको जानकारी दिएका छन्।

नवगीतमा इलामको पहाडी जीवनशैली, स्थानीय संस्कृति र गाउँको रमणीयता झल्काइएका छन्। ग्रामीण परिवेशसँग मेल खाने लय र शब्दहरूले यसलाई श्रोतामाझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

ईङ्ला जमुना आसपासका बासिन्दाले पनि गीतलाई सकारात्मक प्रतिक्रिया दिएका छन्। उनीहरूको भनाइमा, “यस गीतमार्फत गाउँको पहिचान र सौन्दर्य अझ बढी चिनिने अवसर प्राप्त भएको छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *