इलामका पत्रकार असुरक्षित : महासंघले जनायो आपत्ती

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाल पत्रकार महासंघ इलाम शाखाले जिल्लाका पत्रकारहरू असुरक्षित बन्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।

जेन जेड आन्दोलनपछि नयाँ प्रधानमन्त्री नियुक्त भइसकेको अवस्थामा पनि इलाममा तोडफोड र आगजनीमा संलग्न समूहसँग नजिकका व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत पत्रकार र मिडियालाई नामै तोकी धम्की दिइरहेको महासंघले जनाएको छ।

शनिबार सार्वजनिक गरिएको विज्ञप्तिमा भनिएको छ– प्रदर्शनमा संलग्न व्यक्तिहरूले फेसबुक, टिकटक लगायतका प्लेटफर्ममा आफैंले हालेका भिडियो–फोटोका कारण कारबाहीमा पर्लान् भन्ने डरले त्यसको दोष पत्रकारलाई थोपर्न खोज्नु प्रेस स्वतन्त्रतामाथि आघात भएको उल्लेख छ।

धम्कीका कारण पत्रकारहरूलाई फिल्डमा काम गर्न कठिन भएको र असुरक्षित महसुस गर्न बाध्य भएको महासंघले जनाएको छ। साथै, प्रहरीले तत्काल आवश्यक कदम चालेर पत्रकारलाई निडर वातावरणमा काम गर्न सक्ने अवस्था बनाउनुपर्ने माग राखिएको छ।अध्यक्ष भीम चापागाईं र सचिव टीका खतिवडाले हस्ताक्षर गरेको विज्ञप्तिमा धम्की दिने कार्य तुरुन्त रोक्न सम्बन्धित पक्षलाई चेतावनीसमेत दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *