‘झरीपछिको इन्द्रेणी’को छायांकन सुरु, गणेश उप्रेतीले ‘कमब्याक’ गर्दै

Facebook
Email
Twitter
WhatsApp
LinkedIn
चर्चित हाँस्य टेलिश्रृश्ङखला  ‘भद्रगोल’बाट उदाएका  अर्जुन घिमिरे (पाँडे)ले ‘झरीपछिको इन्द्रेणी’ नामक नेपाली फिल्म निर्माण गर्ने    भएका छन् ।   आज  निर्माण पक्षले फिल्मको शभमुहूर्त गर्दै फिल्मको छायांकन थालेको हो ।

गत वर्षसम्म उनी चर्चित टेलिभिजन सिरियल सक्किगो नि निर्माण तथा निर्देशन गरिरहेका थिए । गत वर्षको फागुन १३ मा उनको टिम जेपिटी क्रियसनको निर्माण ‘लाज शरणम्’ प्रदर्शनमा आएको थियो । यो सिनेमामा अर्जुन घिमिरे (पाँडे) ले मुख्य भूमिकामा अभिनय समेत गरेका थिए । उक्त सिनेमा बक्स अफिसमा हिट भएपछि उनी आफै निर्देशनमा अग्रसर भएका हुन् ।

‘झरीपछिको इन्द्रेणी’ मा सक्किगो नि टिमबाट प्रियानाआचार्य (मुन्नी)लाई मात्र समावेश गरेका छन् । अन्य कलाकार पनि कथाले मागेको खण्डमा भित्रिन सक्ने सिनेमाको मुहूर्तपछिमा  निर्देशक पाँडेले भनाइ छ ।  करिब नौ वर्षपछि    यहि चलचित्र मार्फत   कलाकार गणेश उप्रेतीले नेपाली रजतपटमा कमब्याक गर्दै छन् । एउटा राम्रो टिमबाट कमब्याक गर्न पाउँदा आफू निकै उत्साहित रहेको उप्रतीले बताएका छन् ।

यस चलचित्रमा   गणेश र प्रियानासहित निर्मल शर्मा, रमेश उप्रेती, दीपाश्री निरौलालगायतका कलाकारको अभिनय रहनेछ । सिनेमामा अर्जुन घिमिरे (पाँडे)को अभिनय रहने कि नरहने भन्ने खुलाइएको छैन् । शुभमुहूर्तसँगै आजैबाट छायांकन सुरु गरिएको सिनेमा काठमाडौं, ललितपुर र भक्तपुरमा खिचिनेछ ।

पारिवारिक कथावस्तुमा निर्माण हुने सिनेमाको छायांकन  ४५ दिनको तय गरिएको छ । सिनेमामा कुमार व्यञ्जनकार (कुमार बेन) को कथा तथा अर्जुन घिमिरे र विशाल घिमिरेको पटकथा रहेको  बताइएको छ ।

पशुपति शिवजी इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने यो सिनेमालाई बुद्ध थापाले छायांकन र सुशील कडरियाको लगानी रहनेछ । रास्वापा नेता गणेश कार्कीको समेत गीत रचना रहने सिनेमाको एउटा गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको र्‍याप  समाबेश गरिने     जनाइएको छ । सिनेमाको शुभमुहूर्तमा समेत बालेनपत्नी सविना काफ्ले उपस्थित भएर सफलताको शुभकामना सन्देश दिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *