काेशीबाट छुर्पी निर्यात बढेपछि डिडिसीलाई राहत

विराटनगर ।कोशी प्रदेशबाट छुर्पी निर्यातमा बृद्धि भए सँगै बजार अभावले दबाब व्यहोरिरहेको दुग्ध विकास संस्थान (डिडिसी) लाई राहत पुगेको छ । निजी क्षेत्रका प्रमुख निर्यातकर्ता मनराम हिमालयन ह्यान्डीक्राफ्ट प्रालिले डिडिसीबाट मासिक २५ हजार किलो छेना खरीद गर्न थालेपछि दुवै पक्ष लाभान्वित भएका छन् । डिडिसी विराटनगर आयोजनाका निमित्त प्रमुख हिरबहादुर मगरले दुध नबिक्दा पाउडर बनाउनु […]
स्वरसम्राट नारायण गोपालद्वारा इच्छित ‘गीत गङ्गा’ भवन निर्माण

“म नरहे पनि तिमीले एउटा सङ्गीतसम्बन्धी स्कुल खोल्नु र वसन्त चौधरीलाई त्यसको अध्यक्ष बनाउनु । यसबाहेक नगेन्द्र थापा, विश्वम्भर प्याकुर्याल र मेरा साथीहरू पनि त्यसमा समावेश गर्नु । तिमीले केही गर्नुपर्दैन । साथीहरूले सघाउँछन्”, स्वरसम्राट नारायण गोपालले बित्नुअघि अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा धर्मपत्नी पेमला गुरूवाचार्यलाई दिएको जिम्मेवारीले अहिले पूर्णताः पाएको छ । पेमलाले नारायण […]
यस्तो छ आजको मौसम

जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेकोमा छैन । हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ । आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया […]