संकटग्रस्त क्षेत्र घोषणा इलाममा विकास र पुर्निनर्माण ठप्प : प्रगति शून्य

विपद् संकटग्रस्त घोषणा भएको एक महिनापछि पनि इलाम अझै संकटमै छ। असोज १८ र १९ गते परेको भीषण बाढी–पहिरोले सडक, पुल, खानेपानी, बिजुली र सञ्चारजस्ता आधारभूत संरचनामा व्यापक क्षति पुर्याएको थियो। संकटग्रस्त घोषणासँगै राहत र पुनर्निर्माणका ठूलो–ठूला घोषणा भए पनि व्यवहारमा खास प्रगति भएको छैन। जनताले भोगिरहेको दैनिक कठिनाइ र प्रशासनिक ढिलाइले इलामलाई अहिले “पूर्वको […]
बेपता रहेका शर्माको गाडिएको अवस्थामा शव फेला

एक सातादेखि बेपत्ता झापाको शिवसताक्षी नगरपालिका माइधारका ३३ वर्षीय सरोज शर्मा शव आज बिहान उनको शव झापाको बाह्दशी र झापा गाउँपालिकाको बीचस्थित बिरिङ खोलामा गाडिएको अवस्थामा फेला परेको छ । उनले चलाएको बागमती प्रदेश–०१–०३ च ७१९४ नम्बरको कार यसअघि मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वनमा जलेको अवस्थामा भेटिएको थियो । घटनामा संलग्न आशंकामा २५ वर्षीय सुनिल […]
इलाममा १५८ मिलिमिटर वर्षा मापन

मोन्था चक्रवातका कारण भएको मौसम बदलीपछि शुक्रबार इलाममा पनि १५८ मिलिमिटर वर्षा भएको छ। मोन्था चक्रवातका कारण सबैभन्दा बढी मोरङको सुन्दरहरैँचामा २५२.४ मिलिमिटर वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले बताए अनुसार यो अति धेरै भारी वर्षा हो । उनका अनुसार वर्षा जारी रहेकाले पूर्वमा आवश्यक सावधानी अपनाउन अनुरोध […]
हरिबोधिनी एकादशी, आज तुलसीको विवाह गर्ने दिन

आज कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी। सानातन धर्मावलम्बी शनिबार तुलसीको विवाह गरी मनाउँदै छन्। सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ भने यस अवधिभर ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर तुलसीलाई हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँग विवाह गरिदिने परम्परा छ। एकादशीका दिन उपवास बसी नारायणको […]
मोन्था चक्रवात कमजोर हुँदै, यस्तो रहनेछ आजको मौसम

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार रातिदेखि मोन्था चक्रवातको प्रभाव नेपालमा कम हुँदै गएको छ । हाल नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव छ । कोशी प्रदेशमा पूर्ण बदली र बाँकी भूभागमा साधरणतयादेखि अधिकांश बदली रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम […]