प्रोस्टेट क्यान्सरपीडित रोम घलेको उपचारका लागि आर्थिक सहयोग अभियान सुरु

कन्याम। इलाम जिल्लाको सूर्योदय नगरपालिका–७ निवासी रोम घले (राम ब. घले) हाल गम्भीर स्वास्थ्य समस्याबाट जुधिरहेका छन्। उनलाई प्रोस्टेट क्यान्सरको समस्या देखिएपछि भरतपुर क्यान्सर अस्पतालमा शल्यक्रिया (अप्रेशन) गरिएको हो। यसअघि घलेलाई उपचारका लागि बिएण्डसी अस्पताल र आम साई पाथीभरामा समेत लगिएको थियो। तर पछिल्ला दिनमा दम (सास फेर्न समस्या) बढेपछि उनलाई मेची प्रादेशिक अस्पताल भद्रपुरमा […]
यस्तो रहनेछ आजको मौसम

जल तथा मौसम विज्ञान विभागले जनाए अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। मंगलबार दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति देशभर मौसम मुख्यतया सफा रहने छ ।