इलाममा भेटियो दुर्लभ प्रजातिको कालो चितुवा( भिडियो सहित)

   इलामको सूर्योदय नगरपालिका–२, बागबिरेमा स्थानीय टंक काफ्लेको बाख्राको गोठभित्र कालो चितुवा देखिएको छ। राति गोठमा पसेर दुईवटा माउ बाख्रा र एउटा पाठी खाएको अवस्थामा चितुवा गोठमै भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्र साहका अनुसार बाहिरी अवलोकनमा यो दुर्लभ प्रजातिको कालो चितुवा जस्तो देखिएको छ। तर, आधिकारिक रूपमा पुष्टि हुन […]

ईलाममा आधारभूत पत्रकारिता तालिम

इलाम सदरमुकाममा लिम्बू पत्रकार उत्पादन गर्ने उद्देश्यले तालिम सुरु भएको छ। लिम्बू पत्रकार संघ इलामले आयोजना गरेको तालिम नेपाल आदिवासी जनजाति महासंघको हलमा भइरहेको हो। कार्यक्रममा २३ जना लिम्बू युवाहरू सहभागी भएका छन्। उनीहरूलाई पत्रकार याम माबोहाङ र राम योङहाङले सहजीकरण गरिरहेका छन्। सोमबारसम्म चल्ने तालिमको दोस्रो दिनमा पत्रकार जीवन योङहाङले सहजीकरण गर्ने कार्यक्रम रहेको […]

यस्तो छ आजको मौसम पूर्वानुमान

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखालेजनाएको छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह पनि रहेको छ । महाशाखाले हाल मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम […]