इलामका किरणको ककनी दुर्घटनामा मृत्यु

 ईलाम ।इलामको माइजोगमाई गाउँपालिका-२ घारेगाँउका ४५ वर्षीय किरण राईको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । हर्कवीर राईका छोरा किरणको हिजो  नुवाकोटको ककनीमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो। उनी वैदेशिक रोजगारीका लागि कोरियामा १० वर्ष बसेर हालै फर्किएका थिए। पछिल्लो समय उनी ललितपुरको हात्तीबनमा बस्दै आएका थिए। उनका श्रीमती, एक छोरा र एक छोरी रहेका […]

रुबीको हत्या आरोपी लक्ष्मणको उपचारको क्रममा  मृत्यु

रौतहट,  रौतहटमा सुटकेसभित्र शव भेटिएकी रूबीकुमारी साहको हत्या आरोपी युवकको पनि मृत्यु भएको छ । जलेर घाइते अवस्थामा भेटिएका लक्ष्मण पासवानको बुधबार उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले उनलाई बुधबार बिहान जलेको अवस्थामा भेटेर नियन्त्रणमा लिएको थियो । उनलाई उपचारका लागि काठमाण्डूको कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो । जिल्ला प्रहरी परिसर काठमाण्डूका एपसी अपिलराज […]

देशभर ९५ प्रतिशत धान रोपाइँ सकियो, मधेश सबैभन्दा पछाडि

यस वर्ष देशभर हालसम्म करिब ९५ प्रतिशत धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ८ भदौसम्मको तथ्यांक सार्वजनिक गर्दै देशभर धान रोपाइँ हुने कुल क्षेत्रफलको ९४।९ प्रतिशत भूभागमा रोपाइँ सकिएको जनाएको हो । मनसुनको सक्रियता र किसानहरूको अथक मिहिनेतका कारण अधिकांश प्रदेशमा रोपाइँ अन्तिम चरणमा पुगे पनि धान उत्पादनको प्रमुख क्षेत्र मानिने […]

यस्ताे छ आजकाे मौसम पूर्वानुमान

ऐले मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने तथा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भागका केही स्थानका साथै तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका […]