ताप्लेजुङमा पौडी खेल्नेक्रममा एक युवक बेपत्ता

ताप्लेजुङमा पौडी खेल्नेक्रममा एक युवक बेपत्ता भएका छन् ।  मिक्वाखोला गाउँपालिका –३ लिबाङका २५ वर्षीय लाक्पा शेर्पालाई पौडी खेल्नेक्रममा खोलाले बगाउदा बेपता भएका हुन । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिवेक बस्नेतका अनुसार शेर्पा सोमबार दिउँसो साढे १ बजे फुङलिङ नगरपालिका वडा १ स्थित तमोर नदीमा पौडी खेल्न गएका थिए । […]

स्वास्थ्य बिमामा प्रथम सेवा विन्दु निजी अस्पतालबाट हटाइयो

स्वास्थ्य बिमा बोर्डले सामुदायिक तथा निजी स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दुबाट हटाउने निर्णय गरेको छ । स्वास्थ्य बिमा बोर्डले सामुदायिक तथा निजी स्वास्थ्य संस्थालाई परिपत्र गर्दै प्रथम सेवा बिन्दुबाट हटाउने निर्णय गरेको जानकारी दिएको छ । स्वास्थ्य बिमा बोर्डका शाखा अधिकृत झलकराज जोशीले  साउन १ गतेबाट सामुदायिक तथा निजी स्वास्थ्य संस्था प्रथम सेवा विन्दुको रूपमा […]

विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै सरकारी सेवासुविधा फिर्ता गर्ने तयारी गरेकी छन् । १० वर्षपछि नेकपा एमालेको राजनीतिमा पुनः क्रियाशील भएकी भण्डारीले पूर्व राष्ट्र प्रमुखको सेवा सुविधा लिएर सक्रिय राजनीति गर्दा प्रश्न उठ्ने भएपछि सरकारले दिएको सो हैसियतको सुविधा फिर्ताका लागि गृह मन्त्रालयलाई पत्र पठाइने भएकी हुन् । उनले शनिवार सभा गृहबाटै साे घोषणा गर्ने भनिए […]

छन्दकवि नदीको कविता संग्रह ‘शब्दखेती’ लोकार्पण

इलाम सुर्योदय नगरपलिका वडा नम्बर ९ निवासी छन्द कवि नुरज भट्टराई नदी द्वारा लिखित पहिलो कविता संग्रह ‘शब्दखेती’ को लोकार्पण कार्यक्रम आइतबार फिक्कलमा सम्पन्न भएको छ। सुर्योदय सामाजिक प्रतिष्ठानको आयोजनामा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद गौतमले अध्यक्षता गर्नुभएको थियो। मोती छन्द कला साहित्य झापाका संयोजक तथा छन्द कवि हरिप्रसाद रिमाल प्रमुख अतिथि रहनुभएको कार्यक्रममा इलाम […]

बालिकामाथि यौन दुर्व्यवहार अभियोगमा दानबारीका ढकाल पक्राउ

बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा इलाम माई नगरपालिका–२ का खेमराज ढकाल प्रहरीले पक्राउ गरेको छ । ५२ वर्षीय ढकाल राती ८ बजे  घरबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मानबहादुर राईले जानकारी दिए । ढकालले स्थानीय दुई बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप रहेको प्रहरीको भनाइ छ । उनी नेकपा (एमाले) जिल्ला कमिटी सल्लाहकार […]

कस्तो रहला आजको मौसम

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल  मनसुनी वायुको प्रभावले हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनीका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ । सोमबार  पनि देशभर साधारणतया बदली रहनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत देशका […]

आजको पञ्चाङ्ग /रासिफल

आजको पञ्चाङ्ग – असार १६, २०८२ (30th June 2025, सोमबार) सूर्योदय : बिहान ५:१३ बजे सूर्यास्त : बेलुका ७:०२ बजे तिथि : पञ्चमी ११:५७ सम्म, त्यसपछि षष्ठी पक्ष : आषाढ शुक्ल नक्षत्र : मघा बिहान १०:२७ सम्म, तत्पश्चात् पूर्वफाल्गुनी योग : सिद्धि राति ८:४९ सम्म, त्यसपछि व्यतीपात करण : बालव ११:५७ सम्म, तत्पश्चात् कौलव चन्द्रराशि […]