इलाम नगरको बजेट एक अर्ब, फाकफोकथुमको साढे ५६ करोड, माङ्सेबुङको ४८ करोड

इलाम नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि एक अर्ब १४ करोड ३४ लाख १३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। नगर सभाको १७औं अधिवेशनमा उपप्रमुख विष्णु दाहालले बजेट प्रस्तुत गर्दै सामाजिक विकासलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिइन्। उक्त बजेटमध्ये प्रशासनिक क्षेत्रमा १३ प्रतिशत, पूर्वाधारमा २० प्रतिशत, सामाजिक विकासमा ५६ प्रतिशत, आर्थिक विकासमा ६ […]
सूर्योदय नगरपालिकाद्वारा १ अर्ब ४० करोड रुपैयाँको बजेट सार्वजनिक

इलामको सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ४० करोड ३ लाख १७ हजार २२० रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरपालिकाको १७औं नगरसभाको तेस्रो बैठकमा उपप्रमुख दुर्गाकुमार बरालले आगामी वर्षका लागि प्रस्तावित बजेट सभामा प्रस्तुत गरेका हुन्। कुल विनियोजनमध्ये १ अर्ब ८ करोड ३ लाख १७ हजार ३२० रुपैयाँ स्थानीय सञ्चित कोषबाट खर्च […]
सूर्योदयकी एक महिलाको कोरोना संक्रमणका कारण निधन

इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोना भाइरस संक्रमणका कारण विराटनगरको नोबेल मेडिकल कलेजमा निधन भएको छ। उनी झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालबाट थप उपचारका लागि नोबेल शिक्षण अस्पतालमा रिफर गरिएको थियो। सोमबार अस्पतालमा भर्ना गरिएकी ती महिलाको मंगलबार बिहान ६ बजे उपचारको क्रममा ज्यान गएको हो। स्वास्थ्यकर्मीहरूका अनुसार, मृतक महिलालाई श्वासप्रश्वासमा गम्भीर समस्या देखिएको थियो। उनी […]
फालेलुङ गाउँपालिकाको निर्णय: निजी विद्यालयमा छोराछोरी पढाए १०% सुविधा कटौती

पाँचथर — पाँचथरको फालेलुङ गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकका छोराछोरी अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गर्नुपर्ने नीति पारित गरेको छ। निजी विद्यालयमा छोराछोरी पढाउने अवस्थाको निरन्तरता रहँदा निर्णय कार्यान्वयन फितलो भएको भन्दै सोमबार सम्पन्न ११औं गाउँसभाबाट यो नीति पारित गरिएको हो। गाउँपालिकाका प्रवक्ता भरत खपाङ्गीका अनुसार, अबदेखि निजी विद्यालयमा सन्तान पठाउने जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकले […]
यस्तो रहनेछ आजको मौसम

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनीका थोरै स्थानमा तथा कर्णालीका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ […]
आजको पञ्चाङ्ग / दैनिक रासिफल

आजको पञ्चाङ्ग – वि.सं. २०८२ असार १० गते, मङ्गलबार अंग्रेजी मिति: 2025 जुन 24 (Tuesday)सूर्योदय: बिहान ५:११ बजेसूर्यास्त: बेलुका ७:०१ बजे तिथि: चतुर्दशी साँझ ६:३० बजेसम्म, त्यसपछि औंसी पक्ष: कृष्णपक्ष नक्षत्र: रोहिणी दिउँसो १२:४७ सम्म, त्यसपछि मृगशिरा योग: शूल बिहान ९:५४ सम्म, त्यसपछि गण्ड करण: विष्टि बिहान ७:३६ सम्म, त्यसपछि शकुनी चन्द्रराशि: वृष राति १२:०६ […]