अर्ग्यानिक खेतीमा जोड दिन किसान समक्ष आग्रह

इलाम नगरपालिका–४ स्थित माई टी स्टेटमा “जैविक खेती व्यवस्थापन र सरोकारवाला अन्तरक्रिया” कार्यक्रम आयोजना भएको थियो जहाँ माई टी जैविक चिया कृषक समूहका सदस्यहरूले चिया तथा अन्य कृषि उत्पादनहरूको विपणनमा ठूलो चुनौती भोगिरहेको बताए। किसानहरूले अन्तर्राष्ट्रिय बजारसम्म पहुँचका लागि जैविक प्रमाणीकरण अनिवार्य भएतापनि उत्पादनको उचित मूल्य र बजार पहुँच नपाउने समस्याबारे चासो व्यक्त गरे। इलाम […]

तीनकुने झडप प्रकरण: दुर्गा प्रसाईंको ‘आगो लगाउने’ सन्देश फेला

गत चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनसँग सम्बन्धित घटनामा दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। राजावादी समूहद्वारा आयोजित प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीसँग झडप भएको थियो। अनुसन्धानको क्रममा प्रहरीले एक महत्वपूर्ण सन्देश फेला पारेको छ जसमा दुर्गा प्रसाईंले आफ्ना समर्थकहरूलाई आगो लगाउने र मिडिया संस्थाहरूमा आक्रमण गर्ने संकेत गरेका […]

महासचिव वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुखमहासचिव वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख

दुई हप्तादेखि त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसियु) उपचाररत   क्राान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’को स्वास्थ्यमा सुधार देखिएको छ । उनको स्वास्थ्यमा सुधार हुँदै गएपछि आइसियुबाट साधारण वार्डमा सारिएको  भान्जा प्रशान्त ओलीले जानकारी दिए । अस्पतालका प्रवक्ता एवम् सह–प्रा.डा. गोपाल सेडाईले वैद्यले दिएको जानकारी अनुसार महासचिव वैद्यलाई  दमको समस्याले गर्दा जेठ १५ गते […]

इलाममा सवारी साधनबाट ट्राफिकले मासिक १५ सय देखी ३ हजार सम्म उठाउने गरेको गुनासो

इलामको मेची राजमार्ग हुँदै सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधनहरुबाट ट्राफिक प्रहरीले मासिक रूपमा रकम असुल्दै आएको गुनासो चालकहरूबाट बढ्दो छ। ट्राफिक चेकिङको नाममा रोकिएका गाडीहरूबाट कागजात जाँचसंगै “मासिक पाँच सय” नामक रकम मागिने गरेको खुलेको छ। चेकिङको नाममा रकम असुली गत मंसिरमा इलाम नगरपालिकास्थित खरेल डाँडाको घुम्तीमा ट्राफिक चेकिङका क्रममा कागजपत्र मात्र नभई […]

साइबर अपराधमा संलग्न रहेको अभियोगमा २ पक्राउ

साइबर अपराधमा संलग्न रहेको अभियोगमा   संखुवासभाबाट  दुईजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठले बताए अनुसार  पक्राउ पर्नेमा भोजपुर षडानन्द नगरपालिका– १ का २९ वर्षीय सुजन भुजेल र सोही वडाका २१ वर्षीय विपल राई रहेका छन् । उनका अनुसार एक व्यक्तिको फोटो तथा भिडियो बनाई सामाजिक सञ्जालमा दुरुपयोग र चरित्र हत्या […]

आज देशै भरि वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार  हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।जसको प्रभावले देशको कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी […]

आजको पन्चाङ्ग र रासिफल

आजको राशिफल – असार १, २०८२ ♈ मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शैक्षिक सफलता, पारिवारिक सहयोग र देशभित्र लगानीबाट लाभ हुनेछ। विदेश यात्रा टार्नु उचित। ♉ वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सेवा क्षेत्रमा अवसर, सामाजिक प्रतिष्ठा र साथीको साथ पाउने योग। विदेशप्रेम बढ्नेछ। ♊ मिथुन […]