गणतन्त्रका जननीबीच एकता र गणतान्त्रिक शक्तिको सहकार्य अपरिहार्यः अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र अग्रगामी परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनु सच्चा गणतन्त्रवादीको कार्यभार भएको बताउनुभएको छ । गणतन्त्र दिवस–२०८२ का अवसरमा आज शुभकामना दिँदै उहाँले गणतन्त्रको रक्षा, प्रयोग र विकासका लागि परिवर्तनकारी शक्तिबीचको एकता र गणतान्त्रिक शक्तिबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री दाहालले गणतान्त्रिक संविधानबाट […]
एमाले नेता लालबाबु पण्डित लाइ पत्नी शोक

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितकी धर्मपत्नी बिमला महतको उपचारको क्रममा निधन भएको छ। उनको गएराति पौने एकबजे निधन भएको पण्डितले उल्लेख गरेका छन्। विमलाको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको हो। उनी डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन्।
आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरि मनाइदैं

आज जेठ १५ तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा […]
यस्तो रहनेछ आजको मौसम

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा […]
आजको पन्चाङ्ग र रासिफल

आजको पञ्चाङ्ग वि.सं. – २०८२ साल, जेठ १५ गते, बिहिबार (गणतन्त्र दिवस) ई.सं. – 2025 मे 29 तारिख, बिहिबार सूर्योदय – बिहान ५:११ बजे सूर्यास्त – बेलुका ६:५२ बजे तिथि – तृतीया राति २७:०३ बजेसम्म, त्यसपछि चतुर्थी पक्ष – शुक्ल पक्ष (जेठ महिना) नक्षत्र – आर्द्रा राति २६:३० बजेसम्म, तत्पश्चात पुनर्वसु योग – शूल बेलुका […]