तीन दिवसीय कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

२५६९औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवस यही वैशाख २८, २९ र ३० गते लुम्बिनीमा विशेष उत्सवका रुपमा मनाइने भएको छ। लुम्बिनी विकास कोषले शनिबार लुम्बिनीमा पत्रकार सम्मेलन गरेर बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरीनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाका दिन विशेष समारोह हुने जानकारी दिएको हो । प्रचारप्रसार समितिका संयोजक ढुण्डीराज भट्टराईले उक्त विशेष समारोहमा […]
पाकिस्तानको बमबारीमा नेपाली मुलका उच्च भारतीय अधिकारीको मृत्यु

एजेन्सी। पाकिस्तानद्वारा जम्मू–कश्मीरका राजौरी जिल्लामा गरिएको गोलीबारीमा एक उच्च भारतीय अधिकारीको ज्यान गएको छ । घटनामा अतिरिक्त जिल्ला विकास आयुक्त राजकुमार थापाको ज्यान गएको अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनी नेपाली मुलका भारतीय रहेको बताइएको छ । जम्मू–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले सामाजिक सञ्जाल एक्समार्फत यसबारे पुष्टि गरेका छन् । उनले […]
इलाममा रैथानेबाली र जैविक कृषिबारे बहस

इलाम । इलाम नगरपालिकामा कृषि विकासको बद्लिँदो परिवेशमा रैथाने बाली प्रवर्धनको औचित्य विषयक कार्यक्रम सम्पन्न भएको छ । इलाम नगरपालिकाका प्रवक्ता नतनदेव दुलालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा इलाम सामुदायिक कृषि क्याम्पसका प्रमुख डा.योगेन्द्रमान श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै रैथाने बालीको बहुआयामिक महत्वलाई सरकारले ध्यान नदिएको बताए । राष्ट्रिय कृषक समूह महासंघ, इलाम नगर समितिको आयोजनामा कार्यक्रम […]
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : अभिनेता हमाल

राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिँदै छन् । आफूसुहाउँदो र अनुकूल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको अभिनेता हमालको स्पष्टोक्ति छ। चलचित्र ‘नरसिंहा अवतार’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै अभिनेता हमालले विगतका वर्षमा चलचित्रमा अभिनय गर्ने प्रस्ताव आए तापनि चित्तबुझ्दो र सुहाउँदो भूमिका नपाएकाले ठूलो पर्दामा नदेखिएको स्पष्ट गरे । ‘मलाई चलचित्रमा काम […]
माइजोगमाई अध्यक्ष कप : माइजोगमाई र माई सेमी फाइनल प्रवेश

रोसन काफ्ले माइजोगमाई । आयोजक माइजोगमाई गाउँपालिका र माई नगरपालिका तेस्रो संस्करणको माइजोगमाई अध्यक्षकपको सेमी फाइनल प्रवेश गरेका छन् । आज भएको पहिलो खेलमा फाकफोकथुम गाउँपालिकालाई ० का विरुद्ध १ गोल गर्दै माइजोगमाई सेमी प्रवेश गरेको हो । पहिलो हाफ गोलरहित बराबरी खेलेका दुवै टिमलाई मौसम बाधक बन्यो । पहिलो हाफमै बाक्लो कुहिरो लागेर […]
दुई प्रदेशमा पानी पर्ने अनुमान

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू(भागमा मौसम […]
आजको पञ्चाङ्ग र रासिफल

आजको पञ्चाङ्ग वि.सं.: २०८२ साल, वैशाख २७ गते, शनिबार ई.सं.: 2025 मे 10, शनिबार सूर्योदय: बिहान ५:२० बजे सूर्यास्त: साँझ ६:४२ बजे तिथि: त्रयोदशी १७:३४ सम्म, त्यसपछि चतुर्दशी पक्ष: शुक्लपक्ष नक्षत्र: चित्रा २७:२५ सम्म, त्यसपछि स्वाती योग: सिद्धि २८:२६ सम्म, त्यसपछि व्यतीपात करण: तैतिल १७:३४ सम्म, त्यसपछि गर चन्द्रराशि: कन्या १४:०९ सम्म, त्यसपछि तुला ऋतु: […]