नेता नेपालको पार्थिव शरीरमा झण्डा नओढाइने

आज निधन भएका नेकपा एमालेका नेता तथा पूर्व मन्त्री प्रदीप नेपालको अन्तिम संस्कार उनकै इच्छाअनुसार गरिने भएको छ । उनको हिन्दु परम्पराअनुसार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । स्वर्गीय नेताले मृत्युअघि छाडेको इच्छापत्रबमोजिम अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । त्यसैले नेपालको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाइने छैन । झण्डै एक दशकदेखि शारीरिक रुपमा अस्वस्थ […]
वामपंथी नेता तथा साहित्यकार प्रदिप नेपालको निधन

वामपन्थी नेता तथा साहित्यकार प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो । पूर्व सूचना तथा सञ्चार मन्त्री समेत रहेका नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए। रोगले शिथिल बनाउँदै लगेपछि पछिल्लो समय उनी राजनीतिबाट निष्क्रिय बनेका थिए।
नीति तथा कार्यक्रम कर्मकाण्डमै सीमित : स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डमै सीमित रहेको विचार व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले गत शुक्रबार ल्याएको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा दलीय आधारमा उनले आफ्नो धारणा राखेका हुन् । उनले भने, “यो थाकेको सरकारले जाँगर नचलाइ […]
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी जेठमा मनाइने गणतन्त्र दिवस-२०८२ भव्य रूपमा मनाउन निर्देशन दिएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले आगामी जेठ १४, १५ र १६ गते भव्य रूपमा दिवस मनाउने निर्णय गर्दै नागरिकहरूको सहभागितामा प्राप्त गणतन्त्रका उपलब्धिबारे जानकारी गराउनुपर्ने बताउदै यस्तो […]
राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवस मनाइँदै

प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज (२३ वैशाख) सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गरी विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायणलगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको छैटौँ अवतारका रूपमा […]
नेपालमा दर्ता भएनन् सामाजिक सञ्जाल,दर्ता हुने अन्तिम डेटलाइन सकियो,अब के गर्छ सरकारले ?

सरकारले ०८१ चैत ७ गते ३० दिनभित्र दर्ता हुन सामाजिक सञ्जालका लागि अन्तिम समयसीमा तोक्यो। त्यो अवधिमा मेटा लगायतका सामाजिक सञ्जालले दर्ताका लागि निवेदन दिएनन्। त्यसपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले थप एक साताको मौखिक समयसीमा दिए। त्यो अवधिमा पनि दर्ता भएनन्। पटक–पटकका आह्वानलाई पनि सामाजिक सञ्जालले टेरपुच्छर नलगाएपछि ‘अब के गर्ने’ भन्नेमा सरकार […]
बलिउडकै महंगो महिला कलाकारको पहिचान बनाउदै श्रद्धा कपूर

मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपूर पछिल्लो पटक ‘स्त्री २’ मा देखिएकी थिइन्। यो फिल्मले कीर्तिमानी कमाई गरेको थियो । त्यसैले पनि बलिउडका निर्माताहरू आफ्नो फिल्ममा श्रद्धा कपूरलाई कास्ट गर्न चाहन्छन्। हालै एकता कपुरले श्रद्धा कपूरलाई आफ्नो एउटा फिल्ममा कास्ट गरेको खबर आएको थियो । यो फिल्मका लागि श्रद्धा कपुरले आफ्नो पारिश्रमिक बढाएको पनि बताइएको […]
मकालु हिमाल आरोहण गर्ने क्रममा एक विदेशी पर्यटकको मृत्यु

विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा एक विदशी पर्वतारोहीको मृत्यु भएको छ । सङ्खुवासभाको मकालु गाउँपालिकाअन्तर्गत रहेको यो हिमाल आरोहण गर्ने क्रममा ३९ वर्षीय अमेरिकी नागरिक एलेक्स जेण्डर पन्काओको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिएका छन् । पर्यटक एलेक्सको आइतबार राति मृत्यु भएको हो । हिमालयन गाइड्स […]
आज विदेशी मुद्राको विनिमय दर कति ?

आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ११ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपैयाँ […]
आज पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा […]