धरान स्मार्ट बसपार्क चाँडै सञ्चालनमा आउने

धरान उपमहानगरपालिका–८ मा निर्माणाधीन धरान स्मार्ट बसपार्क सम्पन्न हुने चरणमा छ । करिब एक बिघा सात कट्ठामा बनिरहेको बसपार्कको हालसम्म ९८ प्रतिशत भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति भएको छ । धरान उपमहानगरपालिकाका योजना निर्माण शाखाका इन्जिनियर प्रकाश शर्माका अनुसार सङ्घीय सरकारको ५० प्रतिशत र धरान उपमहानगरपालिकाको ५० प्रतिशत आन्तरिक स्रोतबाट बसपार्क निर्माण थालिएको थियो […]

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

आजका लागि  नेपाल राष्ट्र बैंकले  विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६४ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ १३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपैयाँ ५५ […]

आजको मौसम : पानी पार्ने प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै

लुम्बिनी, बागमती र कोसी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित  गएराति वर्षा भएको छ। भने काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा पनि गएराति वर्षा भएको छ। मेघगर्जन र चट्याङसहित वर्षा गराउने बादल पश्चिमबाट पूर्वतर्फ सर्दै गएको कारण अब पूर्वतर्फ पनि वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ। आज गण्डकी, बागमती र कोसी प्रदेशका बाँकी केही भूभागसँगै […]

कक्षा १२ को परीक्षा आजदेखि

आजदेखि   देशभरका परीक्षा केन्द्रमा  कक्षा १२ को परीक्षा सञ्चालन हुँदै छ । परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिक १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् ।   ५ हजार २ […]

आजको पञ्चाङ्ग र रासिफल

आजको पञ्चाङ्ग वि.सं.: २०८२ वैशाख २१ गते, आइतबार इ.सं.: 2025 May 4 (Sunday) सूर्योदय: बिहान ०५:२४ बजे सूर्यास्त: बेलुका १८:३९ बजे तिथि: सप्तमी १२:४२ सम्म, तत्पश्चात् अष्टमी पक्ष: शुक्ल पक्ष नक्षत्र: तिष्य १८:०१ सम्म, तत्पश्चात् अश्लेषा योग: शूल ०६:५३ सम्म, तत्पश्चात् गण्ड करण: वणिज १२:४२ सम्म, तत्पश्चात् विष्टि चन्द्रराशि: कर्कट ऋतु: वसन्त अयन: उत्तरायण — […]