ताप्लेजुङमा करेन्ट लागेर इलामका खगेन्द्रको मृत्यु

ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ मा  करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । ताप्लेजुङ मेरिङदेन ३ खाम्लुङ स्थितमा रहेको युनाईटेड हाईड्रोपावर अन्तर्गत रामेछाप कन्ट्रकसनको आउटलेट साइडप्लान्टमा काम गर्ने इलामको माई नगरपालिका १ बतासेका २४ वर्षीय खगेन्द्र राईको मृत्यु भएको हो ।हाईड्रोपावरको लेबर क्याम्प बनाउने क्रममा अचानक फलामको रड तीन फेजमा टाँसिन पुगी  करेन्ट लाग्दा उनी […]

मकवानपुरमा खाल्डोमै बिलायो गाडी

हेटौँडामा डीआई गाडी हिलोसहितको खाल्डोमा दबिएर बेपता भएको  छ। मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१६ र १७ को सिमानामा पर्ने गौरीगाउँमा माछाको दाना लिन हेटौँडा बजारतर्फ आउन लागेको गाडी खाल्डोमा भासिदा बेपता भएको  हो। माछा पालिएको पोखरीको छेउमा रहेको कच्ची सडकको हिलोमा फसेको ना ४ च ४८३३ नम्बरको डीआई गाडी निकाल्ने क्रममा झन्झ न् भित्र पसेर नदेखिने भएको मकवानपुर प्रहरीले जानकारी […]

ससुराको हत्यामा बुहारीको संलग्नता, सुतिरहेका बेला नाबालकले गरे घाँटी थिचेर हत्या

संखुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा  भएको   ससुराको हत्याको घटनामा बुहारीका संलग्नता रहेको खुलेको छ । उनको हत्याका लागि नाबालकको समेत प्रयोग गरिएको  प्रहरीको अनुसन्धाबाट पत्ता लागेको छ ।  ७२ वर्षीय मीनबहादुर कुमालको आफ्नै घरको बरन्डामा सुतिरहेका बेला घाँटी थिचेर हत्या गरिएको खुलेको हो । संखुवासभाका प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतकाअनुसार मीनबहादुरको हत्यामा आफ्नै बुहारी ४५ वर्षीया […]

मोबाइल र टर्च चार्ज गरेको रु १० !

तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज)बाट विस्थापित ६०४ परिवारको बसोबास निकुञ्जको ढक्का शिविरमा छ । विसं २०६४ देखि छाप्रा बनाएर यहाँ बसोबास गरिरहेका नागरिक आधारभूत आवश्यकताबाट वञ्चित छन् । आरक्ष विस्तारको क्रममा जिल्लाको विभिन्न स्थानबाट विस्थापित भएर यहाँ बस्दै आउनुभएका नागरिकहरू राज्यबाट पाउने आधारभूत सेवा सुविधाबाट वञ्चित भएको बताउँछन् । “हामी अँध्यारोमा बस्न […]

मापसेमा परेपछि पप ब्यान्ड बीटीएसका गायकलाई साढे १ करोड वन जरिवाना

दक्षिण कोरियाली विश्वप्रसिद्ध पप ब्यान्ड बीटीएस (BTS) का सदस्य सुगा (असली नाम: मिन यून–गी) लाई मादक पदार्थ सेवन गरेर विद्युतीय स्कुटर चलाएको अभियोगमा १ करोड ५० लाख कोरियन वन (झण्डै ११,५०० अमेरिकी डलर) जरिवाना तिराइएको छ। सोलस्थित आफ्नै घर नजिकै स्कुटर चलाउँदै गर्दा सन्तुलन गुमाएर लडेका उनलाई अगस्ट महिनामा प्रहरीले रक्सी सेवनको अवस्थामै फेला पारेको […]

अञ्जिला ५१ दिन मनाउने बायोपिक चलचित्र बनेको निर्माण निर्द‍ेशक चाम्सको दाबी

गएको फागुन २९ गते प्रदर्शनमा आएको  बायोपिक नेपाली चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ। गत शुक्रबार साँझ सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोक काठमाडौंमा ५१औँ दिनको उत्सव मनाएको थियो। ‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित चलचित्र हो, जसमा एन्जिलाले स्वयंकै प्रमुख भूमिका छ। अञ्जिलाले देशभरका ४५ शोहरूसहित ५१ […]

विश्व प्रेस स्वतन्त्रता दिवस–पत्रकारिताको सामाजिक एजेण्डा एआई

  आज ३२ औं विश्व प्रेस स्वतन्त्रता दिवस । अहिले सम्पूर्ण विश्वमा प्रेस स्वतन्त्रताका बारेमा चर्चा चलिरहेको छ । प्रत्येक वर्ष मे ३ का दिन औपचारिकरुपमा विश्वभर यो दिवस मनाउने गरिन्छ । यसै दिवसका सन्दर्भमा मे ३ को सेरोफेरोमा एक दुई दिन अघिपछि पनि विविध कार्यक्रमको आयोजना गर्ने गरिन्छ । नेपाल पनि अपवाद छैन । […]

कोशी प्रदेशको लगानी सम्मेलनमा एक खर्ब ५२ अर्ब रुपैयाँको सम्झौता

  कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा एक खर्ब ५२ अर्ब १६ करोड रुपैयाँको परियोजनाका लागि सम्झौता भएको छ । कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा रु एक खर्ब ५२ अर्ब १६ करोडको परियोजनाका लागि सम्झौता भएको छ । कोशी प्रदेश सरकारद्वारा आयोजित दुईदिने ‘कोशी प्रदेश लगानी सम्मेलन– २०२५’को आज समापन कार्यक्रममा विभिन्न […]

आजको मौसम : ‌कहाँ कहाँ हुनेछ वर्षा ?

देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । काठमाडौंसहित केही भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ  । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी […]

अजय देवगनको ‘रेड २’ चर्चामा, कम बजेट र पारिश्रमिकले तानेको ध्यान

अजय देवगनको नयाँ फिल्म ‘रेड २’ हाल चर्चाको केन्द्रमा रहेको छ। फिल्मले दर्शक र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ। अजयसँगै वाणी कपूर र रितेश देशमुख पनि मुख्य भूमिकामा छन्। फ्यानहरू यस फिल्मको प्रतिक्षामा थिए, र अब त्यो प्रतिक्षा समाप्त भएको छ। ‘रेड २’ खासगरी यसको बजेट र कलाकारको पारिश्रमिकका कारण चर्चामा आएको हो। जम्मा ४८ […]