बस दुर्घटना हुदाँ ३ जनाको मृत्यु, २३ जना घाइते

उदयपुर । उदयपुरको गाईघाटबाट झापाको काँकडभिट्टा आउँदै गरेको यात्रुबस आइतबार मध्यान्ह दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गको सप्तरीस्थित कन्चनरुप नगरपालिका–१० को बदगामा बस अनियन्त्रित भएर पल्टिएको हो। इलाका प्रहरी कार्यालय कन्चनपुरका डीएसपी माधवप्रसाद काफ्लेले बस आफैं पल्टिएको बताए। दुर्घटनामा सप्तरीको सप्तकोशी नगरपालिका–१ का ७५ वर्षीय रत्नबहादुर […]
अण्डाको मूल्य बढाउने कुखुरापालक सङ्घको निर्णय

नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको मूल्य बढाउने निर्णय गरेको छ । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आजदेखि लागू हुनेगरी ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) चार सय ३०, मध्यमको तीन सय ८० र ‘एक्सएल’ को चार सय ५० रुपैयाँ कायम गरिएको छ । अघिल्लो वर्ष ठूलो अण्डाको मूल्य प्रतिक्रेटको पाँच सय २५ रुपैयाँसम्म […]
आगलागीबाट ट्रक जलेर नष्ट

धनुषामा दुई ट्रक ठोक्किँ दुर्घटना हुदाँ ट्रक आगलागीबाट जलेर नष्ट भएको छ। धनुषाको धनुषा नगरपालिका ६, मालटोल चौकमा आइतबार बिहान भीषण सवारी दुर्घटना भएको छ। बिहान ६ बजे पूर्वतर्फ गइरहेको प्र ०२ ०३ ००१ख ०७१५ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको ना ६ ख ३४६३ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । […]
संसद्मा माओवादी सांसदले बोल्दै गर्दा कांग्रेस सांसदले ताली ठोकेपछि

काठमाडौं — प्रतिनिधिसभाको आइतबारको बैठकमा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारको नीतिको आलोचना गर्दा नै सत्तारूढ नेपाली कांग्रेसका सांसद पूर्णबहादुर (कान्छाराम) तामाङले ताली ठोकेका छन्। विशेष समयमा बोल्दै सापकोटाले एमाले सांसद पदम गिरीले “सरकार ढल्ने” हल्ला नफैलाउन आग्रह गरेको उल्लेख गर्दै सरकार गलत दिशामा अगाडि बढिरहेको बताए। उनले भने, “माननीय गिरीले भनेझैं, सरकार आज ढल्छ, भोलि ढल्छ […]
जेठाजु द्वारा बुहारीको हत्या

सर्लाहीको सीमावर्ती क्षेत्र विष्णु गाउँपालिकामा आइतबार जेठाजुले बुहारीको धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् । विष्णु गाउँपालिका–३, मधुवनगोठका ४० वर्षीय साहेब पासवानले बुहारी ३६ वर्षीया रेनुदेवी पासवानको हत्या गरेका हुन् । उनले बुहारी रेनुदेवीलाई धारिलो हतियार (फर्सा) प्रयोग गरेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा जेठाजु साहेब पासवानले आइतबार बिहान बुहारी […]
श्रीमानको मृत्यु भएको एक हप्ता नहुँदै श्रीमातीको मृत्यु

श्रीमानको मृत्यु भएको एक हप्ता नहुँदै श्रीमतिको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मोतिपुरका ६० वर्षका भगवती शर्मा आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार बिहान ९ बजेतिर शर्माको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता सुर्य रानाले जानकारी दिए । श्रीमानको क्रिया बसेकी भगवतिको राप्ती लाईफ केयर अस्पताल मोतिपुरमा […]
कांग्रेस सांसद माया राई पक्राउ

स्वर्णलक्ष्मी सहकारीको रकम ठगी मुद्दामा फरार सूचीमा रहेकी नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् । भोजपुर स्थायी घर भएकी उनी कांग्रेसकी समानुपातिक सांसद बनेकी हुन । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीलाई राईलाई शनिबार राति कपनस्थित निवासबाटै पक्राउ गरेको हो । उनलाई काठमाडौं प्रहरी परिसरमा बुझाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ । सहकारी […]
आन्दोलनरत शिक्षकले शिक्षकलाई नै कुटे

काठमाडौँमा जारी शिक्षक आन्दोलनका क्रममा सौहार्द पूर्ण वातावरणमा नाँच गान र रमाइलो तवरले आन्दोलनरतले अवस्थामा शिक्षकमाथि शिक्षकले नै कुटपिट गरेको घटना बाहिरिएको छ। शनिवार दिउँसो बिजुलीबजारमा प्रदर्शनका क्रममा कैलालीको धनगडी उपमहानगरपालिका–१ का ५४ वर्षीय केशवराज जोशीमाथि कुटपिट भएको हो। उक्त घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। उनी कैलालीको धनगढी–१२ स्थित दुर्गा आधारभुत […]
आमाको मुख हेर्ने पर्व आज श्रद्धा र भक्ति पूर्वक मनाइँदै

देशभर आज वैशाखकृष्ण औँसीका अवसरमा आमाको मुख हेर्ने पर्व श्रद्धा, भक्ति र आदरभावका साथ मनाइँदैछ। जन्मदाता आमालाई सम्मान र कृतज्ञता व्यक्त गर्दै सन्तानले मिठा–मिठा खानेकुरा खान दिई आशीर्वाद थाप्ने परम्परा रहिआएको छ। शास्त्रीय मान्यताअनुसार उपाध्याय, आचार्य र पिताभन्दा पनि आमाको स्थान उच्च रहेको उल्लेख गरिएको छ। वैदिक सनातन ग्रन्थहरूमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भनिएको उल्लेख […]
तराईका भू-भागहरूमा तातो हावाकाे लहर चल्ने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मूख्यतया स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको अवस्था छ। साथै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली […]