सप्तकोशी नदीमा डुबेर मामाभान्जा बेपत्ता

सुनसरी । बराहक्षेत्रस्थित सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर दुई जना बेपत्ता भएका छन्। आज बिहान बराहक्षेत्र मन्दिरमा पूजा गर्न गएका इटहरी उपमहानगरपालिका–१६ बालग्रामका १६ वर्षीय जेनिस आचार्य र ४० वर्षीय नवराज बास्तोला सप्तकोशीमा डुबेर बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगराज खतिवडाका अनुसार बराहक्षेत्र–१ स्थित नदीमा नुहाउँदा जेनिस अचानक […]
तीनकुने घटनामामा संलग्न थप एक पक्राउ

गत चैत १५ गते तिनकुनेमा भएको हिंसात्मक आन्दोलनमा संलग्न थप एक जना पक्राउ परेका छन् । झापा जिल्ला अर्जुनधारा नगरपालिका ५ घर भई वर्ष ४८ ओमप्रकाश लुँइटेल पक्राउ परेको काठमाडौं जिल्ला परिसरका प्रवक्ता अपिल बोहराले बताएका छन् । उनी राजावादीको आन्दोलनमा आगजनी र तोडफोडमा संलग्न रहेको पाइएको छ । काठमाडौं जिल्ला अदालत बाट चार दिनको […]
इलाम सदरमुकामका केहि फार्मेसीमा प्रशासनको ताला

इलाम, इलाम सदरमुकामका फार्मेसीहरूमा गरिएको आकस्मिक संयुक्त अनुगमनका क्रममा नियमविपरीत सञ्चालन भइरहेका केही फार्मेसीहरू बन्द गरिएका छन्। जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय इलाम, इलाम नगरपालिका, जिल्ला प्रहरी कार्यालय तथा औषधि व्यवस्था विभागको टोलीले गरेको निरीक्षणमा तीनवटा फार्मेसीमा तालाबन्दी गरिएको हो। सम्पन्न अनुगमनका क्रममा आठवटा फार्मेसीमध्ये तीनवटा फार्मेसीमा अनुमतिपत्र बिना औषधि बिक्री वितरण भइरहेको भेटिएको थियो। […]
शिक्षामन्त्री द्वारा राजीनामा

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । मन्त्री भट्टराईले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षकहरूले लगातार विभिन्न माग राखेर आन्दोलन गरिरहेका समयमा शिक्षामन्त्री उनको राजीनामा आएको हो । मन्त्री भट्टराईले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको उनको निजी सचिवालयले जनाएको छ।
यस्तो छ आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

आजका लागि नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमयदर निर्धारण यस प्रकारले गरेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ २८ पैसा र बिक्रीदर १५५ रूपैयाँ ९६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ […]
यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै बिहार आसपास रहेको न्युन चापिय रेखाको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफा देखि आंशिक बदली रहेको छ। बागमती […]
आजको पञ्चाङ्ग र रासिफल

📅 आजको पञ्चाङ्ग मिति: २०८२ साल वैशाख ८ गते, सोमबारई.सं.: 2025 April 21तिथिः प्रतिपदा समाप्त, द्वितीया तिथिनक्षत्रः स्वाती – साँझसम्म, त्यसपछि विशाखायोगः शुभकरणः बवचन्द्र राशिः तुलासूर्योदयः बिहान 5:28 बजेसूर्यास्तः साँझ 6:33 बजेवारः सोमबारऋतुः वसन्तअयनः उत्तरायण आजको राशिफल 🐏 मेष (Aries): कार्यक्षेत्रमा सफलता मिल्नेछ। आत्मविश्वास बढ्नेछ। मान-सम्मानको सम्भावना।🐂 वृष (Taurus): आर्थिक पक्ष बलियो रहनेछ। घर-परिवारमा मिठो […]