उत्तरे सामुदायीक वनका अध्यक्ष सहित ६ जना पुर्पक्षका लागि थुनामा

इलामको माईजोगमाई गाउँपालिकामा उत्तरे सामुदायीक वनका अध्यक्ष सहित ६ जना व्यक्तिहरूलाई रुख कटानको आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएको छ। यो निर्णय जिल्ला अदालत इलामले गरेको हो, जसअनुसार सामुदायीक वनका अध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष र २ जना सदस्यलाई थुनामा पठाइएको छ। उक्त सामुदायीक वनको उपभोक्ता समितिले २ सय ९५ क्यूफिट काठ र २ सय ७० भारी […]
“देशभर २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै”

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी शनिबार र आइतबार देशभरका ६ महिनादेखि ५९ महिनाका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ को खुराक खुवाउने योजना बनाएको छ। यसका साथै १ देखि ५ वर्षका १९ लाख बालबालिकालाई जुकाको औषधि पनि खुवाइने छ। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत यो अभियान सञ्चालन गरिँदै ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १५ हजार स्वास्थ्यकर्मी […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सह–महामन्त्री सुमना श्रेष्ठले राजीनामा दिइन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सह–महामन्त्री सुमना श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएकी छन्। पार्टीभित्रै चलेको विवाद र नीतिगत मतभेदको कारण उनले यो निर्णय गरेको स्रोतले जनाएको छ। रवि लामिछाने पार्टीमा फर्किएको ठीक त्यही दिन श्रेष्ठले राजीनामा दिएकी हुन्। उनले केन्द्रीय समितिको बैठकमा आफ्नो पक्ष राख्ने बताएकी छिन्, तर अहिलेसम्म राजीनामाको कारण सार्वजनिक गरेकी छैनन्। पार्टीभित्र लामिछाने […]
नेवि संघ इलामले सांस्कृतिक साँझ आयोजना गर्ने

स्थापना दिवशको अवसर पारेर नेपाल विद्यार्थी संघ इलामले सांस्कृतिक साँझ गर्ने भएको छ । नेविसंघ सांस्कृतिक साँझ आउने बैशाख छ गते आयोजना हुनेछ । उक्त कार्यक्रममा चर्चित गायिका रचना रिमालले प्रस्तुति दिने छिन भने कार्यक्रम इलाम सदरमुकाम स्थित गौतमबुद्ध सभागृह (सिटी हल) मा सञ्चालन हुने छ । […]
शर्मिला वाइबामाथि रड प्रहार

सामाजिक अभियन्ता बताउने शर्मिला वाइबामाथि रड प्रहार भएको छ। काठमाडौंको बौद्धमा बुधबार साँझ उनी माथि रड प्रहार भएको हो । टाउकोमा चोट लागेकी वाइबा हाल स्तुपा अस्पतालमा उपचाररत छिन्। विवादास्पद अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा उनी चर्चामा आइरहने गर्दछिन्। उनी प्रायः यसअघि पुण्य गौतममाथि पनि यस्तै आक्रमण भएको थियो। वाइबा र गौतम दुवै युट्युब […]
त्रिभुवन विमानस्थलमा दुर्व्यवहार: तीन प्रहरीमाथि अनुशासनात्मक कारबाही

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक युवामाथि दुर्व्यवहार गर्ने तीन प्रहरीमाथि कारबाही गरिएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले वैदेशिक रोजगारीबाट बिदामा फर्किएका युवामाथि दुर्व्यवहार गर्ने ती प्रहरीलाई कारबाही गरिएको जनाएको छ। उनीहरूलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा झिकाएर छानबिन तथा अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिएका छन्। दुबईबाट ३१ चैतमा काठमाडौँ […]
देशभर बदलीसहित वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन मौसम विभागको आग्रह

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव सक्रिय रहेकाले विभिन्न स्थानहरूमा बदली, वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा मुख्यतः सफा देखि आंशिक बदलीको अवस्था देखिनेछ। दिउँसोको […]