असन्तुष्ट वडा अध्यक्षले एमाले   परित्याग गरे, ‘नातावाद हावी भयो’ भन्दै आरोप

  सिरहामा शनिबार राति सम्पन्न नेकपा एमालेको ११ औं जिल्ला अधिवेशनपछि पार्टीभित्रको असन्तुष्टि सतहमा आएको छ। गोलबजार नगरपालिका–६ का वडाध्यक्ष तथा नगर प्रवक्ता संजीव लामाले अधिवेशनको भोलिपल्टै पार्टी परित्यागको घोषणा गरेका छन्। आज बिहानै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लामाले एमाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी त्यागेको जनाएका हुन्। उनले आफूले वडाध्यक्ष र […]

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर इलाममा एकको मृत्यु

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर इलामका एक व्यक्तिको शनिवार मृत्यु भएको छ। माई नगरपालिका वडा नम्बर-८ लालखोला इलामका ४६ बर्षिय मदन राईको शनिवार विहान अन्दाजी साढे नौ  वजे मोवाएल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको  हो। घरमा एक्लै रहेको समयमा मोवाइल चार्जमा राखि चलाउदै गर्दा विद्युट सर्ट भई मोवाइल पड्किएर करेन्ट लागेको थियो […]

काभ्रेमा टिपर दुर्घटना हुदाँ चालकको मृत्यु

काभ्रेमा    भएको  टिपर दुर्घटनामा  चालकको मृत्यु भएको छ । मण्डनदेउपुर नगरपालिका वडा नम्बर–२ ठकुरी गाउँमा निर्माणाधीन मिस्टिक माउन्टेन होटलको परिसरमा बालुवा झार्ने क्रममा ना.२ ख २४६४ नम्बरको टिपर दुर्घटनामा सोही स्थानका ३१ वर्षीय चालक विनोद घोरासैनीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । घटनाको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान […]

बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिना र छोरीविरुद्ध पक्राउ पुर्जी

एजेन्सी । बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिना र उनकी छोरी साइमा वाजेद पुतुलसहित अन्य १७ जनामाथि भ्रष्टाचार मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ । त्यहाँको एक अदालतले उनीहरूलाई एक आवासीय जग्गा खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो । बंगलादेशको ढाका महानगरीय वरिष्ठ विशेष न्यायाधीश जाकिर हुसेन गालिबले त्यहाँको भ्रष्टाचार विरोधी आयोगले पेस […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७९ रुपैयाँ ७८ […]

प्री मनसुन सक्रिय भएसँगै चट्याङबाट मृत्यु हुनेको सङ्ख्या बढ्यो, चैत २७ यता ८ जनाको ज्यान गयो

 प्री मनसुन सक्रिय भएसँगै देशका विभिन्न भागमा चट्याङ लागेर मृत्यु हुने र घाइते हुनेको संख्या बढ्दो क्रममा छ। चैत २७ यता मात्रै चट्याङ लागेर ८ जनाको मृत्यु भइसकेको छ भने पछिल्लो तीन दिनमा २८ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार चालु वर्षको वैशाखदेखि चैत २८ गतेसम्म […]

हनुमान जन्मोत्सवमा झडपपछि वीरगञ्जमा कर्फ्यू आइतबार दिउँसो १२ बजेसम्म कायम

पर्सा — पर्सा जिल्ला प्रशासन कार्यालयले हनुमान जन्मोत्सवको अवसरमा उत्पन्न तनावका कारण वीरगञ्जमा जारी गरेको कर्फ्यू आइतबार दिउँसो १२ बजेसम्म कायम रहने जनाएको छ। शनिबार साँझ छपकैयाँ क्षेत्रमा हिन्दू र मुस्लिम समुदायबीच उत्पन्न तनावका कारण साँझ साढे ६ बजेदेखि कर्फ्यू आदेश जारी गरिएको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, शान्ति सुरक्षा र अमनचयन कायम […]

आज देशभरको मौसम कस्तो रहला ?

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले   जनाएको छ । यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ । कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम […]