अनुदानमार्फत उद्यमशीलता प्रवर्द्धन गर्दै सूर्योदय नगरपालिका

इलाम — कतारमा १४ वर्ष एसी टेक्निसियनको रूपमा काम गरेर स्वदेश फर्किएका सूर्योदय नगरपालिका–४ श्रीअन्तुका डिल्लीराम मुखियाको मनमा सधैं गाउँमै बसेर केही गर्ने इच्छा थियो। तर विदेशको कमाइ जीवनका आधारभूत आवश्यकता पूरा गर्नमै सकिएको थियो। व्यवसाय गर्ने चाहना भए पनि लगानीको अभावले उनी अलमलमा थिए। “गत साल सूर्योदय नगरपालिकाले रेमी कार्यक्रममार्फत कुखुरा पाल्न अनुदान दियो,” […]

महिलाले चलाएको करफोक खलंगा सामुदायिक होमस्टेः मिलेर उत्पादन गर्छन्, बाँडेर खान्छन्

इलामको सूर्योदय नगरपालिका वडा नम्बर – ११ पञ्चकन्या करफोककी कोपिला पोखरेल चिया किसान हुन्। सोही ठाउँका उमेश पौडेल तरकारी खेती गर्छन्। गीता खत्री पशुपालनसँगै दूध व्यापार गर्छिन्। कमला नेवार भने फूल खेती र खोर्सानीको उत्पादन गरेर साथीभाइसम्म पुर्‍याउँछिन्। यस्तै छ करफोक खलङ्गा सामुदायिक होमस्टे सञ्चालकहरूको दिनचर्या। उनीहरुका उत्पादन आफ्नै सामुदायिक होमस्टेभित्रै खपत हुँदै आएको छ। […]

मोहीको मोह: देशभर बढ्दो माग, डेरी उद्योगले नयाँ उचाइमा पुर्‍याए

“नियमित मोही सेवन: स्वस्थ र फूर्तिलो जीवन” भन्ने नाराका साथ नेपाल डेरी एसोसिएसनले शनिबार मोही दिवस मनाएको छ। राजधानीको दरबार मार्गस्थित रैथाने कृषि उपज बिक्री केन्द्रमा परम्परागत ठेकीमा झारेर निःशुल्क मोही वितरण गर्दै आएको यो अभियान अहिले जनस्वास्थ्यसँगै सांस्कृतिक पहिचानको प्रतीक बनेको छ। एसोसिएसनका अनुसार हाल देशभर २५ वटा डेरी उद्योगले मोहीलाई प्याकेजिङ र लेबलिङ […]

सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ यसका साथै बंगालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। देशभर साधरणतया देखि पुर्णतया बदलीको अवस्था रहेको छ। कोशी प्रदेश, मधेश प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी […]

उदयपुरमा निर्माणाधीन पक्की पुल चैते बाढीले भत्कियो

उदयपुर, बिहीबार बिहानदेखि परेको अविरल वर्षाले उदयपुरको कटारी नगरपालिका–२ मा निर्माणाधीन पक्की पुलमा ठूलो क्षति पुर्‍याएको छ। अमाह खोलामा आएको बाढीले मिर्चैया–कटारी–घुर्मी सडकअन्तर्गत सिमानपुर र कल्याणपुर जोड्ने ५० मिटर लामो पक्की पुलको बीच भाग भत्किएको हो। पुल मुनि राखिएको ह्युमपाइप थुनिएपछि बाढीको दबाबले संरचनामा क्षति पुगेको जनाइएको छ। प्रिस्ट्रेस्ड प्रविधिमा निर्माण भइरहेको उक्त पुलमा लोड […]

हाम्रो पात्रोको नयाँ अपडेट सार्वजनिक

नेपालका सबैभन्दा लोकप्रिय मोबाइल एप हाम्रो पात्रोले नयाँ अपडेट सार्वजनिक गरेको छ । प्रयोगकर्तालाई आकर्षक डिजाइन र उपयोगी फिचरहरू प्रदान गर्ने उद्देश्यले सो अपडेट सार्वजनिक गरिएको हाम्रो पात्रोले जनाएको छ । केही समय अघि भएको मेगा रिलिजमा प्रयोगकर्ताहरूले हाम्रो पात्रोलाई फरक स्वरूपमा पाउनु भएको थियो । यो अपडेटमा त्यस रिलिजमा प्रयोगकर्ताहरूबाट आएका सल्लाह सुझावहरूलाई मध्यनजर […]

दुर्गा प्रसाईं फरार छन्, खोजी हुँदैछ : नेपाल प्रहरी

तीनकुनेमा भएको हिसांत्मक प्रदर्शनका नाइके दुर्गा प्रसाईको खोजी कार्य जारी रहेको नेपाल प्रहरीले बताएको छ । बिहीबार अबेर राति नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले एक विज्ञप्ती जारी गर्दै ‘दुर्गा प्रसाई पक्राउ’ भन्ने शीर्षकमा प्रकाशन भएका विभिन्न समाचारहरू प्रति ध्यानाकषर्ण भएको जनाएका हुन् । विभिन्न आपराधिक घटनामा संलग्न रही फरार दुर्गा प्रसाई […]