सूर्योदय नगरपालिकामा आगामी वर्षको नीति कार्यक्रमबारे पूर्व बजेट छलफल, शिक्षा, स्वास्थ्य र पर्यटनमा विशेष जोड

सूर्योदय नगरपालिका इलामले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कार्यान्वयन गर्न लागिएको नीति तथा कार्यक्रमसम्बन्धी सरोकारवालासँग पूर्व बजेट छलफल सम्पन्न गरेको छ। नगरपालिका प्रशासनले गैसस, उपभोक्ता समिति, सहकारी संस्था, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूलाई आमन्त्रण गरी नीति निर्माणका लागि सुझाव संकलन गरेको हो। कार्यक्रममा २२ जना सहभागीले आ–आफ्ना सुझाव प्रस्तुत गरेका थिए। बहुसंख्यक सहभागीले शिक्षा, स्वास्थ्य, भौतिक […]

कुकुरले ल्यायो बेपत्ता व्यक्तिको टाउको

गुल्मीमा दुई महिनादेखि हराइरहेका एक व्यक्तिको टाउको कुकुरले गाउँमा ल्याएको छ । कुकुरले मृतकको टाउको गाउँमा ल्याएपछि ती व्यक्तिको मृत्यु भएको खुलेको हो । सोमबार राति करिब साढे ९ बजेतिर गुल्मी दरबार गाउँपालिका–६ बेलपोखरी बस्ने ५५ वर्षीय रतन शाहीको अस्थिपञ्जर फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीकाअनुसार उनी दुई महिनादेखि बेपत्ता थिए । मंगलबार […]

अर्जुनधाराको सामुदायिक वनमा सडेको अवस्थामा महिलाको शव फेला

झापा, अर्जुनधारा नगरपालिका–१ स्थित हलुवागढ सामुदायिक वनभित्र एक महिलाको सडेको अवस्थामा रहेको शव फेला परेको छ। सोमबार दिउँसो १२ बजेतिर घाँस काट्न गएका स्थानीय बासिन्दाले आँपखोल्सी भन्ने स्थानमा कपाल र हाडखोर मात्र बाँकी रहेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी चौकी शनिश्चरेमार्फत घटनास्थलमा पुगेको टोलीले शवको प्रारम्भिक अनुसन्धान गरेको थियो। इलाका […]

सर्लाहीको चन्द्रनगरमा छोरीलाई दिइने प्रोत्साहन रकमले बालविवाह न्यूनीकरण र शिक्षा प्रवर्द्धनमा सफलता

सर्लाही — बालविवाह न्यूनीकरण र छोरीको शैक्षिकस्तर सुधारका लागि सर्लाहीको चन्द्रनगर गाउँपालिकाले सुरु गरेको ‘प्रोत्साहन रकम’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ। यहाँ व्याप्त बालविवाह र छोरीलाई विद्यालयबाट चाँडै निकाल्ने परम्परालाई तोड्न गाउँपालिकाले आर्थिक प्रोत्साहन दिन थालेको हो। आर्थिक वर्ष २०७९/८० देखि लागू गरिएको योजनाअनुसार १२ कक्षा पास गरी २० वर्ष पूरा गरेर विवाह गर्ने छोरीलाई […]

आशिष स्मृति पत्रकारिता पुरस्कार किरण र क्रियाशिल महिला पुरस्कार सुनितालाई

‘आशिष स्मृति पत्रकारिता पुरस्कारबाट किरण पौडेल र क्रियाशिल महिला पत्रकारिता पुरस्कार सुनिता मगर पुरस्कृत हुने भएका छन् । नेपाल पत्रकार महासंघ इलामको आइतबार बसेको बैठकले दुवै पुरस्कारको बारेमा निर्णय गरेको हो । नेपाल पत्रकार महासंघ इलामले स्थापना गरेको दश हजार रुपैयाँ राशिको पुरस्कारबाट दुवै पत्रकारलाई पुरस्कृत गरिनेछ । २०७२ साल देखि पत्रकारिता थालेका पौडेल इलाम […]

आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै

आज पञ्चायत ढलेर प्रजातन्त्र पुनर्बहाली भएको दिन । त्यसैको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियो । विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य विसं २०४६ चैत २६ गते भएको […]

आजको विदेशी मुद्राको विनिमय दर

आजका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३७ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ६४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७५ रुपैयाँ […]

देशका पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायूको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ भने बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा र बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का […]