गजल

यो झिलीमिलीअनि सुखद सौम्य प्रहर छ हाम्रो सम्बन्धमा फाटो पार्ने त्यो शहर छ लासको घाँटीमा पैसाको माला देखेपछि गरिबको बच्चालाई पनि मर्ने रहर छ फूलबारीको फूललाई के मन्दिर के बगैंचा कैलै मलामी त कहिले पूजामा लाने लहर छ आज हिसाब गरू दिलको क्षति भएछ तिमीले मलम रोजे मेरो लागि जहर छ सधैं राम्रो भएर जिउने […]

महिला प्रहरीलाई हातपात गर्ने पक्राउ

झापा हल्दिबारीकी एकजना महिलालाई महिला प्रहरीमाथि हातपात गर्ने गरेको अभियोगमा पक्राउ गरिएको छ । प्रहरी चौकी हल्दिबारीमा कार्यरत प्रहरी जवान प्रणिता देवानमाथि हातपात गर्ने हल्दिबारी २ की ३१ वर्षीया पवित्रा माखिम घिमिरेलाई पक्राउ गरिएको हो । मदिरा सेवन गरेर घरपरिवारका सदस्यहरुलाई गालीगलौज एवम अपशब्द प्रयोग गरी झैझगडा गरिरहेकी पवित्रालाई सम्झाउने क्रममा प्रहरीमाथि नै हातपात गरेकी […]

मच्छिन्द्र क्लब जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश

बारा, जीतपुरसिमरा । मच्छिन्द्र फुटबल क्लबले जीतपुरसिमरा गोल्डकपको १५औं संस्करणको सेमीफाइनलमा स्थान बनाएको छ। साविक विजेता नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै मच्छिन्द्र अन्तिम चारमा प्रवेश गर्न सफल भयो। मच्छिन्द्रको जितमा गोलरक्षक विशाल सुनार नायक बने। खेलको म्यान अफ द म्याच घोषित विशालले टाइब्रेकरमा पुलिसको अन्तिम महत्वपूर्ण प्रहार विफल पार्दै टोलीलाई जित दिलाए। उनले […]

इलाममा ७ करोड लागतको पक्की पुल उद्घाटन, झलनाथ खनालले भने: ‘नेपालमै सबैभन्दा धेरै पुल बन्ने जिल्ला इलाम हुनसक्छ’

इलाम । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले रोङ गाउँपालिका–५ स्थित सुके निन्दा खोलामा निर्मित पक्की पुलको उद्घाटन गरेका छन्। करिब ७ करोड लागतमा निर्माण सम्पन्न भएको उक्त पुलको उद्घाटन गर्दै खनालले इलामको विकासमा आफू सधैं अग्रसर रहने बताए। उनका अनुसार, इलाम जिल्लामा मात्रै आफ्नै पहलमा ४० भन्दा बढी पुल निर्माण […]

प्रलेसको केन्द्रीय अध्यक्षमा डा.देवी क्षेत्री दुलाल

प्रगतिशील लेखक संघको केन्द्रीय अध्यक्षमा इलामका पत्रकार तथा लेखक  डा.देवी क्षेत्री दुलाल चयन भएका छन् । काठमाडौंमा सम्पन्न १३औं राष्ट्रिय सम्मेलनले डा.दुलाललाई अध्यक्ष निर्वाचित गरेको हो भने उपाध्यक्षमा समीर सिंह र डा.अमृता शर्मा चयन भएका छन्। महासचिवमा झगीन्द्रप्रसाद ढकाल, उपमहासचिवमा बोधकुमार घिमिरे र सचिवद्वयमा हरिप्रसाद घिमिरे तथा कुशल बोगटी चुनिएका छन् । कोषाध्यक्षमा कृष्ण सुवेदी […]

पूर्वउपराष्ट्रपति पुनलाई माओवादीमा पाए उपाध्यक्षको जिम्मेवारी

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई नेकपा (माओवादी केन्द्र)ले उपाध्यक्षको जिम्मेवारी  प्रदान गरेको छ । यसअघि बसेको पदाधिकारी बैठकले पुनलाई उपाध्यक्ष मनोनीत गरेको पार्टी सचिव दिनानाथ शर्माले जानकारी दिए । उपराष्ट्रपति बनिसकेका पुन केही समयदेखि माओवादीको बैठकहरूमा सहभागी हुने गरेका थिए । जसअनुसार पार्टीले उनलाई विशेष जिम्मेवारी भन्दै आर्थिक उत्पादन संयन्त्रको इन्चार्ज बनाएको थियो ।

वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन, शरीर अध्ययनका लागि दान

काठमाडौं, वैशाख २५ – नेपाली पत्रकारिता क्षेत्रका एक स्तम्भ, वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ। मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका उनलाई आइतबार राति काठमाडौंको बानेश्वरस्थित एक अस्पतालमा अन्तिम श्वास लिएको भाइ पुरु रिसालले जानकारी दिएका छन्। वि.सं. १९८५ साउन २९ गते भक्तपुरको तिथली गाउँमा जन्मिएका रिसाल नेपाली पत्रकारिता र सामाजिक […]