घाँटीमा मासु अड्किएर एकजनाको मृत्यु

घाँटीमा मासु अड्किएर  अछाममा    एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा साँफेबगर नगरपालिका–५ नवाठानाका ४२ वर्षीय डम्मरबहादुर कुँवर रहेका छन् । चैते दसैंका अवसरमा गाउँमा काटेको खसीको मासु घरमा ल्याएर पकाई खाने क्रममा मासु अड्किएर बेहोस भएपछि  बयालपाटा अस्पतालमा उपचारका क्रममा आज १२ बजे     उनको    मृत्यु भएको प्रहरीले जनाएको छ ।

आन्दोलनरत शिक्षकहरुलाई एयरपोर्टबाटै ओलीले भने–तपाईंहरुको माग सम्बोधन गर्छौ

थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वादेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सरकार शिक्षकहरुको माग सम्बोधन गर्न तयार रहेको बताएका छन्। विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारमाथि विश्वास गरेर नै शिक्षकहरु प्रदर्शनमा आएको बताए। उनले भने–‘यो सरकारको विश्वास भएर नै उहाँहरु आउनुभएको छ। नत्र पहिले यस्तो प्रदर्शन गर्नुहुन्थ्यो नि। प्रदर्शन गरेपनि कानमा बतास […]

पाथीभरा मन्दिरको सुन–चाँदी तीनपटक लिलामीमा राखिँदा पनि बिक्री हुन सकेन

ताप्लेजुङ  — प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सुन र चाँदी तीनपटक लिलामीमा राखिए पनि बिक्री हुन सकेन। पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको जानकारीअनुसार हालसम्म एक सय ७८ तोला ८२ लाल सुन र पाँच हजार दुई सय ९८ तोला १२ लाल चाँदी लिलामीबाट बिक्री हुन नसकेको हो। समितिले पहिलोपटक गत वर्ष फागुन २० गते […]

मन्दिरमा पिसाब छर्कको अभियोगमा महिला पक्राउ

काठमाडौँको नागार्जुन नगरपालिका-५ मा रहेको आदेश्‍वर मन्दिरमा पिसाब छर्केको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका-१७ धोवीचौर घर भई हाल सुकेधारा बस्ने ६१ वर्षीया मिठु तिवारी गर्तौलालाइ प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त स्वयम्भूका अनुसार गत पुस २६ गते मन्दिरमा कोही नभएको मौका पारी एक जना महिलाले बोतलमा पिसाब लिएर आई […]

करेन्ट लगाएर माछा मारे एक लाख जरिवाना

  संखुवासभा। सभापोखरी गाउँपालिकाले  करेन्ट लगाएर माछा मार्नेलाइ  एक लाखसम्म जरिवाना गर्ने निर्णय गरेको छ । गाउँपालिकाले निषेधित क्षेत्र तोकेको सभाखोला र लङ्खुवा खोलामा करेन्ट लगाएर माछा मारे एक लाखसम्म जरिवाना गर्ने निर्णय गरेको हो । सभापोखरी गाउँपालिकाको २१ गते बसेको कार्यपालिका बैठकले सभाखोला र लङ्खुवा खोलाको संरक्षण क्षेत्रमा वा निषेधित क्षेत्रमा करेन्ट लगाएर माछा […]

नयाँ वर्षको अवसरमा चाररातेमा चौरी महोत्सव

आगामी चैत्र ३१ गतेदेखि फालेलुङ गाउँपालिका ४ नम्बर वडास्थित चारराते क्षेत्रमा ‘आठौँ फालेलुङ चौरी पर्यटन महोत्सव २०८२’  हुने भएको छ ।  वैशाख २ गतेसम्म सञ्चालन हुने यस महोत्सवको मुख्य आयोजक फालेलुङ गाउँपालिका र  फालेलुङ कञ्चनजङ्गा पर्यटकीय प्रवर्द्धन संस्था, दिप ज्योति युवा क्लब र कञ्चनजङ्घा चौरी पालन तथा संरक्षण संस्था पाँचथरको  आयोजनामा संचालन हुनेछ ।  प्राकृतिक र […]

नक्कली प्रहरी बनेर धम्क्याउने युवा लागुऔषधसहित प्रहरीको फन्दामा

सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–१० मा पर्ने साहारा गेष्ट हाउसमा नेपाल प्रहरीको ब्यूरो इन्स्पेक्टर भएको झुटो परिचय दिँदै होटल सञ्चालकलाई धम्की दिने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । गएको बुधबार साँझ करिब पाँच बजे होटलमा एक व्यक्तिले आफू प्रहरी अधिकृत भएको बताई अनुचित व्यवहार गरिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोली घटनास्थल […]

यस्तो छ आजको मौसम

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको   मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ ।   महाशाखाले जनाए  अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको र     आज […]

आज चैत्र शुक्ल अष्टमीः चैते दसैँ मनाइदै

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरूपा देवीको आराधना गर्छन् । आश्विन […]

निर्वाचन आयोगको कडाइ : तीन दललाई दर्ता खारेजीको सूचना, ४३ दललाई जरिवानाको ताकेता

निर्वाचन आयोगले तीनवटा राजनीतिक दललाई ‘दर्ता खारेज हुने गरी कारबाही किन नगर्ने?’ भन्ने प्रश्नसहित जवाफ पेस गर्न निर्देशन दिएको छ। साथै, ४३ दललाई विगतमा तोकिएको जरिवाना बुझाउन र लेखा परीक्षण प्रतिवेदन नबुझाउनुको कारण स्पष्ट गर्न पत्राचार गरेको छ। आयोगको अभिलेख अनुसार २०८१ मङ्सिरसम्म दर्ता कायम रहेका राजनीतिक दलको संख्या १२१ छ। आयोगको कानुन तथा राजनीतिक […]