‘पीताम्बर’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘पीताम्बर’ को ट्रेलर सार्वजनिक भएको छ । कृषा चौलागाईंको निर्देशन रहेको चलचित्रमा बदलाको भाव देखाउने ट्रेलरमा अधिकांश दृश्य द्वन्द्वका छन् । ट्रेलरमा चलचित्रका प्रायः सबै कलाकारलाई स्थान दिइएको छ । चलचित्रमा अभिनेता प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरसिया, टीका पहाडीलगायतका कलाकारको अभिनय रहेको […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ५० पैसा र बिक्रीदर १३७ रूपैयाँ १० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४७ रूपैयाँ ४१ पैसा र बिक्रीदर १४८ रूपैयाँ ०५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७६ रूपैयाँ ६६ पैसा […]

वासन्ती छठको रौनक : अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदै

महोत्तरी, २१ चैतः मधेसका जिल्लाहरूमा वासन्ती छठ पर्वको उल्लास छाएको छ। बोलीचालीमा ‘चैती छठ’ भनिने यो पर्वको तेस्रो तथा मुख्य दिन आज व्रतालुहरूले षष्ठी तिथिमा निराहार व्रत सुरु गरेका छन्। बुधबार पञ्चमी तिथिका दिन राति खरना विधि सम्पन्न गरी सख्खरको खिर प्रसादस्वरूप ग्रहण गरेपछि व्रतालुहरूले निराहार व्रत प्रारम्भ गरेका हुन्। आज साँझ व्रतालुहरूले पवित्र जलाशयमा […]

यस्तो छ आजको मौसम पूर्वानुमान

देशमा  हाल  पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको  छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा  रहेको छ।गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात र वर्षा भईरहेको छ। दिउँसो कोशी प्रदेश, […]