काठमाडौंमा राजावादीहरूको प्रदर्शन बिथोलियो, तीनकुनेमा आगजनी

काठमाडौं ।काठमाडौंको तीनकुनेमा राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै आयोजित प्रदर्शन तनावग्रस्त बनेको छ। प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएपछि प्रहरीले बल प्रयोग गरेको थियो। प्रदर्शनकारीहरूले नयाँ बानेश्वरतर्फ अघि बढ्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै केही प्रदर्शनकारीलाई लाठीचार्ज गरेको छ। झडपकै क्रममा केही प्रदर्शनकारीहरूले नजिकैको घरमा आगजनी गरेका छन्। तीनकुनेस्थित रोयल बैंक्वेट छेउका दुई घरमा […]
इलाममा १५ दिनदेखि बेपत्ता महिलाको शव गाडिएको अवस्थामा फेला हत्याको आशंकामा गिरी पक्राउ

इलामको फाकफोकथुम गाउँपालिका-३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेल १५ दिनदेखि बेपत्ता भएपछि उनको शव गाडिएको अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार विमलाको शव फाकफोकथुम-२ धार्ने खोप (दाहाल गोलाई) भन्ने स्थानमा भेटिएको हो। प्रहरीले शव उत्खनन गर्ने कार्य जारी राखेको छ। प्रहरीका अनुसार विमला […]
पतिले नै गरिदिए पत्नीको विवाह, जब थाहा पाए उनी अर्कैसँग प्रेममा छिन्!

भारतको उत्तर प्रदेशमा एक अनौठो घटनामा, बबलू नामका व्यक्तिले आफ्नै पत्नीको विवाह उनको प्रेमीसँग गरिदिएका छन्। बबलू र उनकी पत्नी राधिकाका दुई सन्तान थिए। कामको सिलसिलामा बबलू प्रायः घर बाहिर रहने गर्थे। यसैबीच, राधिका अर्कै युवकसँग प्रेममा परिन्। जब बबलूका परिवारलाई यो थाहा भयो, उनीहरूले बबलूलाई जानकारी गराए। बबलू घर फर्केपछि परिवार र समाजका […]
खम्बामा बाँधेर महिलामाथि निर्घात कुटपिट, तीन जना पक्राउ

दाङको घोराही उपमहानगरपालिका–१० की २६ वर्षीया शिला चौधरीमाथि निर्घात कुटपिट भएको छ। शिलालाई बिजुलीको खम्बामा बाँधेर निर्घात कुटपिट गरेको पाइएपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। शिलामाथि घोराही–११ चागुका गोपाल चौधरीकी श्रीमती र स्थानीय केही अन्य महिलाले बाँधेर निर्घात कुटपिट गरेको भिडिओ सार्वजनिक भएको छ। शिलाका श्रीमान जेलमा छन्। जीवनयापनका लागि उनी सोही […]
देशभरि मौसमको अवस्था: केही स्थानमा वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायू तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ। दिउँसो: कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछ। […]