कम्युनिष्ट आन्दोलनलाई २००६ सालको जस्तै एकीकृत बनाउँदैछौं : विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालको कम्युनिष्ट आन्दोलनलाई २००६ सालको जस्तै एकीकृत बनाउने अभियानमा लागेको बताएको छ। ललितपुरमा समाजवादी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनका अनुसार, अहिले उनीहरु नेपालको समग्र कम्युनिष्ट आन्दोलनलाई २००६ सालको जस्तै एकीकृत बनाउने कोशिसमा रहेका छन्। माओवादीहरुलाई मात्रै नभइ समाजवादीलाई पनि एक ठाउँमा राखेर […]
समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने

समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्ने समाजवादी मोर्चाले चैत १५ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने भएको छ। शनिबार मोर्चाले पत्रकार सम्मेलन गर्दै विरोध प्रदर्शनबारे जानकारी गरायो। देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको र त्यसको रक्षार्थ प्रदर्शन गर्नुपरेको मोर्चाले जनाएको छ। सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टी र आक्रोश […]
दूध बेचेर मासिक दुई लाख

तनहुँ । तनहुँको व्यास नगरपालिका–१३ स्थित बेलबास निवासी लेखनाथ बाँस्तोला विगत चार वर्षदेखि व्यावसायिक गाईपालनमा लागेका छन् । गाडी व्यवसायी समेत रहेका बाँस्तोलाले कोरोना संक्रमणका बेला बन्दाबन्दी (लकडाउन) हुँदा चर्को समस्या खेप्नु परेपछि गाउँ फर्किएर पशुपालन पेसा गरेका हुन् । लकडाउन हुनुअघि गाडी व्यवसायबाट राम्रै आम्दानी हुने गरे पनि लकडाउनका कारण व्यवसाय धरासायी बनेपछि आफूले यस […]
च्याउ खाँदा दस जना बिरामी

तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा १० जना बिरामी भएका छन्। म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरले बारीमा उम्रिएको च्याउ शान्तिटोलस्थित मामाघरमा ल्याएर पकाएर खाँदा उनीहरू बिरामी परेका हुन्। बिरामी हुनेहरूमा ६३ वर्षीय गुरुबहादुर पुलामी, ३१ वर्षीय सुरेन्द्रबहादुर पुलामी, ३० वर्षीय नारायण मगर, २३ वर्षीया पवित्रा मगर, ४२ वर्षीय तिलबहादुर थापा मगर, ६६ वर्षीय […]
म्याग्दीमा कोदोको पिठोबाट बिस्कुट उत्पादन, व्यवसायीले बनाए स्थानीय ब्रान्ड

म्याग्दीमा कोदोको पिठोबाट बिस्कुट उत्पादन, व्यवसायीले बनाए स्थानीय ब्रान्ड म्याग्दीको धवलागिरी गाउँपालिका-७ ताकममा पहिलोपटक कोदोको पिठोबाट बिस्कुट उत्पादन सुरु गरिएको छ। धौलागिरी बेकरी, क्याफे एण्ड एग्रो मार्टका सञ्चालक अनिल भण्डारी र निमा छन्त्याल भण्डारीले स्थानीय स्रोतलाई उपयोग गर्दै कोदो बिस्कुट उत्पादन सुरु गरेका हुन्। बेकरी सञ्चालक भण्डारीले ‘ओभन मेसिन’मा पकाएर बिस्कुट उत्पादन गरिरहेको जानकारी दिए। […]
इटहरीमा मापसे गरी मोटरसाइकल चलाउँदा दुर्घटना, एकजनाको मृत्यु

इटहरीमा मादक पदार्थ सेवन (मापसे) गरी मोटरसाइकल चलाउँदा मध्यरातमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–१२ स्थित सडकमा प्रदेश १–०२–०४८ प ३८७० नम्बरको मोटरसाइकल शनिबार राति करिब १२ः४५ बजे अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा परी विराटनगर महानगरपालिका–१० का २४ वर्षीय पुनम चौधरी गम्भीर घाइते भएका थिए। इलाका प्रहरी कार्यालय इटहरीका अनुसार उपचारका क्रममा […]
कुलप्रसाद पराजुली देउमाई नगर समिति अध्यक्षमा निर्वाचित

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) देउमाई नगर समितिको अध्यक्ष पदमा कुलप्रसाद पराजुली चयन भएका छन्। इलामको देउमाई नगरपालिकास्थित मङ्गलबारेमा सम्पन्न दोस्रो नगर अधिवेशनमार्फत पराजुली अध्यक्षमा निर्वाचित भएका हुन् अधिवेशनबाट पराजुलीको नेतृत्वमा २५ सदस्यीय नगर समिति चयन भएको निर्वाचन समिति संयोजक अधिक्ता राम योङहाङले जानकारी दिए। नवगठित नगर समितिमा शारदा राई र भोजराज मगर उपाध्यक्षका […]
पूर्वराजा ज्ञानेन्द्रलाई प्रचण्डको प्रश्नः आफ्नै वंश मास्नेले अहिले आएर धाक लगाउन मिल्छ ?

पुर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुर्व राजा लाइ लक्षित गर्दै भाइमाराहरूलाई राजा बन्ने सपना नदेख्न चुनौती दिएका छन् । सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले उक्त टिप्पणी गरेका हुन्। उनले आफ्नै सन्तान मार्नेहरूलाई नेपाली जनताले कहिल्यै नस्वीकार्ने बताए । नेपालका ठूल्ठूला मूर्ति चोरहरू अहिले राजा ?’, आक्रोशित हुँदै उनले भने, […]
दर्शकको मागपछि ‘अञ्जिला’को गीत ‘रात किन हुन्छ हजुर’ युट्युबमा

बिहीबारदेखि प्रदर्शनमा आएपछि व्यापक चर्चा र प्रशंसा पाइरहेको नेपाली चलचित्र ‘अञ्जिला’को गीत ‘रात किन हुन्छ हजुर’ युट्युबमा सार्वजनिक गरिएको छ। यस गीतका मार्मिक शब्दहरूले चलचित्रकी प्रमुख पात्र एन्जिला तुम्बापो सुब्बाको जीवन संघर्षको केही झलक प्रस्तुत गरेका छन्। गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको सुमधुर स्वर रहेको छ भने थानेश्वरकै सङ्गीत र प्रभा बर्तौलाको शब्द रचना […]
यस्तो छ विदेशी मुद्राको विनिमयदर

आजका लागि नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ९० पैसा र बिक्रीदर १३९ रूपैयाँ ५० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ ३८ पैसा र बिक्रीदर १५२ रूपैयाँ ०३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ ७५ […]