ईलाममा चाडपर्व लक्षित विशेष सुरक्षा योजना कार्यान्वयन गर्न प्रहरी परिचालन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

ईलाम । जिल्ला प्रहरी कार्यालय ईलामले चाडपर्वका अवसरमा चोरी, डकैती, लुटपाट, मादक पदार्थ सेवन, होहल्ला, सवारी साधनमा लापरवाही र जुवा–तास जस्ता अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले “चाडपर्व विशेष सुरक्षा योजना २०८२” लागू गरेको छ।

यस योजनाअनुसार कार्यालय मातहतका सम्पूर्ण प्रहरीबाट सवारी साधन चेकजाँच, तोकिएको भन्दा बढी भाडा असुल गर्ने तथा सिट क्षमता भन्दा बढी यात्रु राख्ने चालकविरुद्ध कानुनअनुसार कारबाही गरिने छ। यात्रुलाई सहजता प्रदान गर्न सीमाना तथा भीडभाड हुने स्थानहरू — ईलाम, मंगलबारे, फिक्कल, दानाबारी, जोरकलशलगायत बजार क्षेत्रमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

सवारी दुर्घटना न्यूनिकरणका लागि दैनिक चेकिङ, पैदल तथा ग्रामीण गस्ती, पट्रोलिङ, एम्बुसिङ चेकपोइन्ट, पिकेट, बजार अनुगमन, सीमाना चेकिङ र सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक एवम् सूचना अधिकारी संजीब बोगटीले दिनु भएको जानकारी  अनुसार ट्राफिक प्रहरी २८ जना सहित कुल ४८५ जना प्रहरी चाडपर्वमा शान्ति सुरक्षाका लागि खटाइएको छ। बोगटीले  चाडपर्व मनाउने नाममा सडक अनुशासनमा लापरवाही नगर्न, मादक पदार्थ सेवन गरी होहल्ला नगर्न र कानुनले निषेध गरेका जुवा–तास तथा अन्य अवैध गतिविधि नगर्न/नगर्न दिन तथा प्रचलित  कानुनले निषेध  गतिविधि भए गरिएको पाईए कानुन बमोजिम कार्वाही गरिने   समेत जानकारी दिनु भयो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *