सबै नेताको सम्पत्ति छानबिन गर्न आयोग बनाउनु पर्ने पक्षमा प्रचण्ड

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सम्पत्ति छानबिन आयोग गठन गर्नुपर्ने र सबै नेताहरूले आफ्नो सम्पत्ति सार्वजनिक गर्न तयार रहनुपर्ने बताएका छन्।

पार्टीका सबै तहका नेतृत्व र पदाधिकारीहरूलाई परिवार, सचिवालय तथा कार्यकर्ताको व्यवस्थापनमा नयाँ कार्यशैली अपनाउन उनले निर्देशन दिए।

अध्यक्ष प्रचण्डले भने, “अब पुरानै शैलीले काम चल्दैन, नयाँ कार्यविधि र तरिकाबाट अघि बढ्नुपर्छ।” उनले सांगठनिक कार्यशैलीका साथै व्यक्तिगत जीवनशैली र सांस्कृतिक अभ्यासमा समेत रूपान्तरणको आवश्यकता औंल्याए। नेताहरूको खानपान, लवाइ-खवाइदेखि जनसामान्यसँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन के-के गर्न सकिन्छ भन्नेबारे लिखित सुझाव पठाउन उनले निर्देशन दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *